default_image

9 months ago

March 13, 2025

राष्ट्रिय महिला फुटबल यसै साता सुरु हुँदै

1411 views

0 Bookmark

सुशील पन्त क्षेत्री,चितवन

राष्ट्रिय महिला फुटबल प्रतियोगिता यसै साता सुरु भएको छ । चितवन जिल्ला फुटबल संघको आयोजना तथा भरतपुर महानगरपालिकाको प्रवर्द्धनमा प्रतियोगिता हुन लागेको हो

भरतपुर ७ स्थित कृष्णपुर खेल मैदानमा चैत ३ गतेदेखि ९ गतेसम्म चल्ने प्रतियोगितामा ८ टोली सहभागी हुने आज आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी दिइयो ।

प्रतियोगितामा एपिएफ फुटबल क्लब, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, चितवन, मकवानपुर, रौतहट, बागमती र संकटा क्लब सहभागी हुनेछन् । सहभागी टिमलाई दुई समूहमा विभाजन गरिएको छ ।

प्रतियोगिताको उद्घाटन खेलमा चितवन र मकवानपुर भिड्नेछन् । खेल दिउँसो २ बजे हुने चितवन जिल्ला फुटबल संघका अध्यक्ष श्रीकृष्ण कार्कीले जानकारी दिए । प्रतियोगिताको विजेताले ट्रफीसहित ३ लाख र दोस्रो हुनेले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ ।

त्यस्तै सर्वोत्कृष्ट खेलाडीले ४० , विधागत उत्कृष्टले २० तथा हरेक दिनको प्लेयर अफ दि म्याचले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतियोगिताको उद्घाटनमा प्रवेश नि:शुल्क गरिएको छ । यस्तै पहिलो चरणमा ५०, सेमिफाइनलमा एक सय तथा फाइनलका लागि दुई सयको टिकटको व्यवस्था गरिएको संघका अध्यक्ष कार्कीले बताए । प्रतियोगिताको तयारी तीव्र गतिमा भइरहेको छ ।

December 10, 2025

बायर्न र बार्सिलोनाको जित

एजेन्सी – च्याम्पियन्स लिगमा मंगलवार बार्सिलोना, बायर्न म्युनिख, लिभरपुल, एट्लेटिको म्याड्रिड विजयी भएका छन्। चेल्सी, इन्टर मिलान पराजित भएको छ। बायर्नले स्पोर्टिङ सिपीलाई ३-१ ले हरायो।  सुरुवाती अग्रता स्पोर्टिङले लियो। ५४औँ मिनेटमा जोशुआ किमिचको आत्मघाती गोलबाट स्पोर्टिङले अग्रता बनाएको हो। तर त्यसपछि बायर्नले दबाब बढाउँदै खेल आफ्नो पक्षमा पार्यो । ६५औँ मिनेटमा सर्ज ग्नाब्रीले नजिकैबाट […]

December 9, 2025

म्यानचेस्टर युनाइटेडको जित

एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]

December 8, 2025

मनाङले पनि राष्ट्रिय लिग खेल्ने!

काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ ।‌ पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]

Success

Thank you for your time.