9 months ago
March 13, 2025
सुशील पन्त क्षेत्री,चितवन
राष्ट्रिय महिला फुटबल प्रतियोगिता यसै साता सुरु भएको छ । चितवन जिल्ला फुटबल संघको आयोजना तथा भरतपुर महानगरपालिकाको प्रवर्द्धनमा प्रतियोगिता हुन लागेको हो ।
भरतपुर ७ स्थित कृष्णपुर खेल मैदानमा चैत ३ गतेदेखि ९ गतेसम्म चल्ने प्रतियोगितामा ८ टोली सहभागी हुने आज आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी दिइयो ।
प्रतियोगितामा एपिएफ फुटबल क्लब, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, चितवन, मकवानपुर, रौतहट, बागमती र संकटा क्लब सहभागी हुनेछन् । सहभागी टिमलाई दुई समूहमा विभाजन गरिएको छ ।
प्रतियोगिताको उद्घाटन खेलमा चितवन र मकवानपुर भिड्नेछन् । खेल दिउँसो २ बजे हुने चितवन जिल्ला फुटबल संघका अध्यक्ष श्रीकृष्ण कार्कीले जानकारी दिए । प्रतियोगिताको विजेताले ट्रफीसहित ३ लाख र दोस्रो हुनेले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ ।
त्यस्तै सर्वोत्कृष्ट खेलाडीले ४० , विधागत उत्कृष्टले २० तथा हरेक दिनको प्लेयर अफ दि म्याचले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
प्रतियोगिताको उद्घाटनमा प्रवेश नि:शुल्क गरिएको छ । यस्तै पहिलो चरणमा ५०, सेमिफाइनलमा एक सय तथा फाइनलका लागि दुई सयको टिकटको व्यवस्था गरिएको संघका अध्यक्ष कार्कीले बताए । प्रतियोगिताको तयारी तीव्र गतिमा भइरहेको छ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]