default_image

9 months ago

March 13, 2025

नमोबुद्ध पाँचथर गोल्डकप फाइनलमा

651 views

0 Bookmark

दिपक बोहोरा,पाँचथर

टाइब्रेकरमा भाग्यमानी बन्दै सप्तरीको नमोबुद्ध युथ क्लब  पाँचौ पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

फिदिम माविको मैदानमा आज भएको अन्तिम सेमिफाइनलमा चर्च ब्वाइज युनाइटेडलाई टाइब्रेकरमा ४-२ ले हराउँदै नमोबुद्ध उपाधि नजिक पुगेको हो ।
९० मिनेटको निर्धारित समयमा २-२ को बराबरी भएपछि  टाइब्रेकरमा नमोबुद्धले बाजी मार्यो।

टाइब्रेकरमा नमोबुद्धका विवेक गुरुङ, आयुष मगर, अनिल मगर र विवेक राईले गोल गरे  । चर्च ब्वाइजका लागि विदेशी खेलाडी र सागर तिरुवाले मात्र गोल गरे । अभिषेक महतो र फोफोनाको प्रहारलाई गोलकिपर जियरथ शेखले रोके ।

यसअघि खेलको ३३औँ मिनेटमा नमोबुद्धका जेनिश प्रजापतिले गोल गर्दै सुरुवाती अग्रता दिलाए । तर, पहिलो हाफको इन्ज्युरी समयमा चर्च ब्वाइजका ध्रुव राईले गोल गर्दै खेल बराबरीमा ल्याए ।

यस्तै, ६१औँ मिनेटमा नमोबुद्धका जेनिशले फेरि गोल गर्दै २-१ को स्थितिमा ल्याए । चर्च ब्वाइजका राज भुषालले खेलको ८५औँ मिनेटमा गोल गरेर बराबरी बनाए ।

प्लेयर अफ दि म्याच दुई प्रहार रोकेका नमोबुद्धका गोलरक्षक जयरथ शेख बने । उनले नगद ७ हजार ५ सय रुपैयाँ पाए ।

नमोबुद्धको जितसँगै मच्छिन्द्र एफसीसँग फाइनलमा भेट पक्का गरेको छ । पाँचथर क्लबले आयोजना गरेको गोल्डकपको विजेताले ११ लाख १ हजार रुपैयाँ र दोस्रोले ५ लाख ५५ हजार रुपैयाँसहित ट्रफी पाउने छ । फाइनल चैत २ गते हुनेछ ।

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

विकटेश्वर , एसओएस र एनपिएस विजयी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन‌ आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]

December 4, 2025

आर्सनल विजयी, चेल्सीको‌ हार

एजेन्सी – ‌ प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको‌ छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]

Success

Thank you for your time.