9 months ago
March 13, 2025
दिपक बोहोरा,पाँचथर
टाइब्रेकरमा भाग्यमानी बन्दै सप्तरीको नमोबुद्ध युथ क्लब पाँचौ पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
फिदिम माविको मैदानमा आज भएको अन्तिम सेमिफाइनलमा चर्च ब्वाइज युनाइटेडलाई टाइब्रेकरमा ४-२ ले हराउँदै नमोबुद्ध उपाधि नजिक पुगेको हो ।
९० मिनेटको निर्धारित समयमा २-२ को बराबरी भएपछि टाइब्रेकरमा नमोबुद्धले बाजी मार्यो।
टाइब्रेकरमा नमोबुद्धका विवेक गुरुङ, आयुष मगर, अनिल मगर र विवेक राईले गोल गरे । चर्च ब्वाइजका लागि विदेशी खेलाडी र सागर तिरुवाले मात्र गोल गरे । अभिषेक महतो र फोफोनाको प्रहारलाई गोलकिपर जियरथ शेखले रोके ।
यसअघि खेलको ३३औँ मिनेटमा नमोबुद्धका जेनिश प्रजापतिले गोल गर्दै सुरुवाती अग्रता दिलाए । तर, पहिलो हाफको इन्ज्युरी समयमा चर्च ब्वाइजका ध्रुव राईले गोल गर्दै खेल बराबरीमा ल्याए ।
यस्तै, ६१औँ मिनेटमा नमोबुद्धका जेनिशले फेरि गोल गर्दै २-१ को स्थितिमा ल्याए । चर्च ब्वाइजका राज भुषालले खेलको ८५औँ मिनेटमा गोल गरेर बराबरी बनाए ।
प्लेयर अफ दि म्याच दुई प्रहार रोकेका नमोबुद्धका गोलरक्षक जयरथ शेख बने । उनले नगद ७ हजार ५ सय रुपैयाँ पाए ।
नमोबुद्धको जितसँगै मच्छिन्द्र एफसीसँग फाइनलमा भेट पक्का गरेको छ । पाँचथर क्लबले आयोजना गरेको गोल्डकपको विजेताले ११ लाख १ हजार रुपैयाँ र दोस्रोले ५ लाख ५५ हजार रुपैयाँसहित ट्रफी पाउने छ । फाइनल चैत २ गते हुनेछ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]