9 months ago
March 13, 2025
हिमाल खरेल, मेचीनगर
अबयोमी फकुन्ले नायक बन्दा सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड ३–० को पछि परेको खेल उल्टाउँदै मेचीनगर गोल्डकपको फाइनल प्रवेश गरेको छ ।
लिग उपविजेता मछिन्द्र विरुद्ध आज ४-३ को रोमाञ्चक जित निकाल्दै चर्च ब्वाइजले फाइनलको यात्रा तय गरेको हो ।
चर्च ब्वाइजले शनिबार फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरसँग प्रतिस्पर्धा गर्नेछ ।
खेलको ३० औं मिनेटमा मछिन्द्रले अग्रता लिएको थियो । पेनाल्टी एरियामा क्लियर हुन नसकेको बललाई विदेशी खेलाडी युसुफ मलिकले गोल गरे ।
४३ औं मिनेटमा मछिन्द्रले अग्रता दोब्बर बनायो । आदित्य शाक्यको क्रसमा एन्द्रेस नियाले गोल गरे । त्यसको १ मिनेट बित्न नपाउँदै युसुफ मलिकले मछिन्द्रका लागि अर्काे गोल थपे ।
मैदानको मध्य भागबाट अगाडि बढाएको बललाई उनले सुन्दर गोल गरे पनि मछिन्द्रको जितका लागि यो स्कोर पर्याप्त बन्न सकेन ।
खेलको पहिलो हाफसम्म ३-० ले पछाडि परेको चर्च ब्वाइजका लागि खेलको ६१ औं मिनेट विदेशी खेलाडी अबयोमीले पहिलो गोल फर्काए । मछिन्द्रका डिफेन्डरले क्लियर गर्न नसकेको बललाई उनले एकल प्रयासमा गोल गरे ।
खेलको ६९ औँ मिनेटमा अबयोमीले व्यक्तिगत दोस्रो गोल गरे । मछिन्द्रका डिफेन्डरको तालमेल नमिल्दा दोस्रो बार च्यापेर उनले गरेको सटिक प्रहार गोलमा परिणत भयो ।
खेलको ७८ औँ मिनेटमा रिचार्ड विल्सनले गोल गर्दै स्कोर ३–३ को बराबरीमा ल्याए । अबयोमी क्रसमा मछिन्द्रका दुईजना डिफेन्डरलाई बिट गर्दै गोल गरेका हुन् ।
खेलको ८७ औँ मिनेटमा अबयोमीले ह्याट्रिक पूरा गरे । मछिन्द्रका डिफेन्डर अघि बढेको मौकाको फाइदा लिँदै उनले प्रतियोगिताकै पहिलो ह्याट्रिक पूरा गरे । त्यहि गोल खेलको निर्णायक बन्यो।
खेलको १५ औँ मिनेटमा चर्च ब्वाइजका जय गुरुङको क्रसमा रिचार्डको हेडर मछिन्द्रका गोलकिपर विशाल श्रेष्ठले पञ्च गरे । ५२ औँ मिनेटमा समिर तामाङको प्रहारलाई गोलकिपरले बचाए ।
नवौँँ मिनेटमा मच्छिन्द्रका युसुफ मलिकले फर्स्टबारमा प्रहार गरेको बल गोलकिपरले बचाउँदै कर्नर बनाए । २० औँ मिनेटमा १८ यार्डबाट पाएको फ्रिकिकमा मोहित गुरुङको प्रहारले जाली चुम्न सकेन ।
७२ औँ मिनेटमा विदेशी खेलाडी एन्द्रेस नियाको प्रहार गोलकिपर टिकेन्द्र थापाले उत्कृष्ट बचाउ गरे ।
दोस्रो हाफमा ह्याट्रिक गरेका अबयोमी प्लेयर अफ दि म्याच घोषित भए। उनले ११ हजार रुपैयाँ र ट्रफी ।
खेलपछि चर्च ब्वाइजका प्रशिक्षक सुमन श्रेष्ठले आफ्नो फुटबलको २५ वर्षको करियरमा यस्तो किसिमको पहिलो कमब्याक खेल भएको बताए । उनले आफ्ना खेलाडी निरन्तरको खेलले थकित भएको र दोस्रो हाफपछि रणनीति परिवर्तन गरेकाले छिट्टै कमब्याक भएर जित निकाल्न सकिएको बताए ।
मछिन्द्रका प्रशिक्षक सन्जिव न्यौपानेले पहिलो हाफ राम्रो भएको तर दोस्रो हाफमा आफू सम्हालिन नसक्दा हार बेहोर्नु परेका बताए । उनले खेलाडी थाकेकाले पनि दोस्रो हाफमा भनेजस्तो खेल्न नसकेको बताए ।
चैत २ गते फाइनल हुने प्रतियोगिताको विजेताले १० र दोस्रो हुनेले टोलीले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ।
December 10, 2025
एजेन्सी – च्याम्पियन्स लिगमा मंगलवार बार्सिलोना, बायर्न म्युनिख, लिभरपुल, एट्लेटिको म्याड्रिड विजयी भएका छन्। चेल्सी, इन्टर मिलान पराजित भएको छ। बायर्नले स्पोर्टिङ सिपीलाई ३-१ ले हरायो। सुरुवाती अग्रता स्पोर्टिङले लियो। ५४औँ मिनेटमा जोशुआ किमिचको आत्मघाती गोलबाट स्पोर्टिङले अग्रता बनाएको हो। तर त्यसपछि बायर्नले दबाब बढाउँदै खेल आफ्नो पक्षमा पार्यो । ६५औँ मिनेटमा सर्ज ग्नाब्रीले नजिकैबाट […]
December 9, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]