9 months ago
March 14, 2025
एजेन्सी – टोटनहम हट्सपर युरोपा लिगको क्वाटरफाइनलमा पुगेको छ।
विल्सन ओडोबर्टले २ गोल गरेपछि बिहीवार दोस्रो लेगमा टोटनहमले एजे अल्कमारलाई ३-१ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गर्यो। पहिलो लेगमा १-० ले पराजित टोटनहम समग्रमा ३-२ को अग्रतासहित अघि बढ्यो।
प्रिमियर लिगमा १३औं स्थानमा रहेको र दुवै घरेलु कप प्रतियोगिताबाट बाहिरिएको टोटेनहमका लागि यो प्रतियोगिता नै एकमात्र सफलता प्राप्त गर्ने अवसर थियो।
डोमिनिक सोलांकेले पास दिएको बलमा ओडोबर्टले २६ औं मिनेटमा पहिलो गोल गरे। दोस्रो हाफको सुरुवातमै टोटेनहमले अग्रता दोब्बर बनायो। जेम्स म्याडिसनले सन ह्युङ-मिनसँग वान टु वान पास खेल्दै ४८ औं मिनेटमा गोल गरे।
तर, स्पर्सले एजे अल्कमारलाई बराबरी फर्काउने अवसर दियो । जब ओडोबर्ट र लुकास बेरगभालबीचको समन्वय अभावको फाइदा उठाउँदै ६३औं मिनेटमा पिएर कूपमेनर्सले बललाई पोस्टभित्र पठाए।
ओडोबर्टले आफ्नो गल्ती सुधार गर्दै ७४ औं मिनेटमा गोल गर्दै टोटेनहमलाई जिताए। घरेलु टोलीको हाफबाट सुरु भएको उत्कृष्ट टिम मुभलाई उनले नजिकबाट गोल गर्दै समाप्त गरे।
एजे अल्कमारले खेल बराबरी गर्ने ठूलो अवसर पाएको थियो । जब ट्रोय पारटको प्रहार गुग्लिएल्मो भिकारियोले बचाए र मीज डि विटको रिबाउन्डलाई यवेस बिसोउमाले गोललाइनबाट क्लियर गरे।
स्पर्सले क्वाटरफाइनलमा आइन्त्राख्ट फ्रान्कफर्टसँग प्रतिस्पर्धा गर्नेछ । फ्रायन्फर्टले आयाक्सलाई ४–१ ले हरायो र समग्रमा ६-२ को अग्रतामा अन्तिम आठमा पुगेको छ ।
त्यस्तै, लियोन एफसीएसबीलाई ४-० हराएर समग्रमा ७-१ को फराकिलो अग्रतासहित क्वाटरफाइनलमा पुग्यो । फेनाबासेसँग रेन्जर्स २-० ले पराजित भएपछि समग्रमा ३-३ को बराबरी भयो । पेनाल्टीमा ३-२ ले विजयी हुँदै रेन्जर्स अगाडि बढ्यो ।
एथलेटिक क्लब एएस रोमालाई ३-१ ले हराएर समग्रमा ४-३ को अग्रतामा क्वाटरफाइनलमा पुग्यो।ओलम्पियाकाजेसँग २- १ ले पराजित भएपनि बोडोए समग्रमा ४-२ ले क्वाटरफाइनलमा पुग्यो।
लाजियोले भिक्टोरिया प्लाजेनसँग १-१ को बराबरी खेल्यो र समग्रमा ३-२ को अग्रतामा अघि लाग्यो।

म्यानचेस्टर युनाइटेडका कप्तान ब्रुनो फर्नान्डेसले ह्याट्रिक पूरा गरेपछि १० खेलाडीमा सीमित रियल सोसिडाडलाई ४-१ हरायो ।
पहिलो लेगमा १-१ को बराबरी भएको थियो। समग्रमा ५-२ को अग्रतासहित युनाइटेड अन्तिम आठमा पुगेको हो। सेमिफाइनल प्रवेशका लागि युनाइटेडले फ्रेन्च क्लब लियोनसँग प्रतिस्पर्धा गर्नेछ।


December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]
December 7, 2025
एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]