default_image

9 years ago

February 25, 2017

प्रिमियर लिगको शीर्षस्थानमा थप मजबुद बन्दै चेल्सी

190 views

0 Bookmark

लन्डन (एजेन्सी)– प्रिमियर लिगमा तीन सयौं खेल खेल्दै सेस फेब्रिगासले एक गोल गर्नुका साथै अर्को गोलका लागि सहयोगी भूमिका निर्वाह गरेपछि प्रिमियर लिगको शीर्ष टोली चेल्सीले स्वान्सी सिटीलाई ३–१ ले हराएको छ । शनिबारको नतिजापछि चेल्सीले ११ अंकको स्पष्ट अग्रता लिएको छ ।

chelese
प्रिमियर लिगमा तीन सय खेलको कोसे ढुंगा पुरा गर्ने पहिलो खेलाडी बनेका फेब्रिगासले १९ औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । पेद्रोको पासमा उनले गोल गरेका थिए । तर पहिलो हाफमै फर्नान्डो लोरेन्ट्सले गोल गर्दै स्वान्सीलाई खेलमा फर्काएका थिए ।

तर, पेद्रोको गोलमा चेल्सीले पुन अग्रता लिएको थियो । ७२ औं मिनेटमा फेब्रिगासको पासमा पेद्रोले गोल गरेका थिए । खेल सकिन ६ मिनेट बाँकी रहँदा डिएगो कोस्टाले गोल गरेपछि चेल्सीको जित निश्चित भएको थियो । २६ खेलपछि चेल्सीको ६३ अंक छ भने एक खेल कम खेलेको म्यानचेस्टर सिटीको ५२ अंक छ ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.