default_image

9 months ago

March 14, 2025

एनएसएल – दुई विजेताबिच उद्धघाटन खेल हुने

1470 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- यसै महिना हुने एनसेल नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणको
खेलतालिका आज सार्वजनिक भएको छ।

उदघाटन खेलमा चैत १६ गते डिफेन्डिङ च्याम्पियन ललितपुर सिटी एफसी र पहिलो संस्करणको विजेता काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुनेछ।

दशरथ रंगशालामा हुने एनएसएलको दोस्रो खेल चैत १७ गते बुटवल लुम्बिनी र झापा एफसी आमनेसामने हुनेछन्।

चैत १८ गते एफसी चितवनले पोखरा थन्डर्ससँग खेल्दै लिगको सुरुवात गर्नेछ। चैत १९ गते धनगढी एफसीले पहिलो खेल बुटवल लुम्बिनीसँग खेल्ने तालिका रहेको छ।

७ टोली यो पटक उपाधिका लागि खेल्नेछन्। लिग चरणमा कुल २१ खेल हुनेछन्। लिग चरणपछि ४ टिम प्ले अफमा प्रवेश गर्नेछन्। प्ले अफमा फाइनल सहित ४ खेल हुनेछ। यसरी यो पटक एनएसएलमा २५ खेल सञ्चालन हुनेछन्।

एनएसएलको यसअघि अक्सन भैसकेको छ। ‘सी’ क्याटगरीको लागि ड्राफ्ट पनि गत साता सकिएको छ। विदेशी खेलाडीको हकमा अधिकांश टोली खेलाडी अनुबन्ध गरिसकेको छ।

यो पटक लिगको प्रमुख प्रायोजक एनसेल रहेको छ। आयोजकले यो पटकको पुरस्कार रकम भने सार्वजनिक गरेको छैन।

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगाल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]

December 17, 2025

बोनमाती र डेम्बेलेलाई फिफा ‘द बेस्ट’ अवार्ड

एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]

December 17, 2025

बार्सिलोना कोपा डेल रे को अन्तिम १६ मा

एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्‍यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]

Success

Thank you for your time.