9 months ago
March 15, 2025
एजेन्सी – अल-नासर साउदी प्रो लिगमा शुक्रवार जित निकाल्दै अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ।
घरेलु मैदानमा अल-नासरले अल-खलुदलाई ३-१ ले हराएको हो । अल-नासरका लागि क्रिस्टियानो रोनाल्डो, साडियो माने र जोन डुरानले गोल गरे।
नवाफ बु वाशलले ५४औं मिनेटमा दोस्रो पहेँलो कार्ड पाएपछि १० खेलाडीमा सीमित भएपनि अल-नासर ३ खेलपछि पहिलो जित निकाल्न सफल भयो।
रोनाल्डोले खेलको चौथो मिनेटमै गोल गर्दै टोलीलाई अग्रता दिलाए । डुरानको प्रहार पोस्टमा लागेर फर्किएको बललाई रोनाल्डोले सदुपयोग गर्दै गोल गरे।
त्यो उनको लिगमा १९ औं गोल र खेल जीवनको ९ सय २८औं गोल हो। उनी लिगको शीर्ष गोलकर्ता सूचीमा अब्देर्रजाक हम्दल्लाहभन्दा २ गोलले अघि छन्।
मानेले २६औं मिनेटमा गोल गर्दै अल-नासरको अग्रता दोब्बर बनाए। रोनाल्डोको सटिक थ्रु पासबाट सालेम अल-नाज्दीले असिस्ट गर्दै मानेलाई गोल गर्न सहयोग गरे।
४१ औं मिनेटमा डुरानले पेनाल्टी एरिया बाहिरबाट लो शट प्रहारमा गोल गरेपछि टोलीले पहिलो हाफमा ३-० को अग्रता बनायो ।
अल-खलुदले ७२औं मिनेटमा अली लाजामीको आत्मघाती गोलमार्फत एक गोल फर्कायो। २५ खेलमा अल-नासरको ५१ अंक छ।
शीर्षस्थानको अल इत्तिहादको ६१ र एक खेल कम खेलेको अल हिलालको ५४ अंक छ। अल-खलुद ३१ अंकसहित १० औं स्थानमा छ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- वसन्त गौचन फुटबल एकेडेमीले युवा फुटबलरका लागि अर्को महिना ३ दिने ‘फनरुट्स जापान फुटबल क्याम्प’ गर्ने भएको छ । ललितपुरको लगनखेल स्थित बुद्धिविकास मण्डलमा पुस १० देखि १२ गतेसम्म १० देखि १६ वर्षसम्मका खेलाडीहरुलाई लक्षित गरेर फुटबल क्याम्प गर्न लागिएको एकेडेमीले जनाएको छ । नेपालका पूर्व अन्तर्राष्ट्रिय फुटबल खेलाडी वसन्त गौचन र […]
December 11, 2025
एजेन्सी – आर्सनलले च्याम्पियन्स लिगमा शतप्रतिशत जितलाई निरन्तरता दिएको छ। आर्सनलले बुधवार क्लब ब्रुगलाई ३–० ले हराउँदै च्याम्पियन्स लिगमा लगातार छैटौँ जित निकालेको छ। आर्सनलका नोनि माडुकेको प्रदर्शन दमदार रह्यो। उनले २ गोल गरे। २५ औं मिनेटमा झन्डै २५ यार्ड टाढाबाट पहिलो गोल गरेका माडुकेले ४७ औं मिनेटमा हेडमार्फत अर्को गोल थपे । तेस्रो गोल […]
December 11, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले च्याम्पियन्स लिगमा रियल मड्रिडलाई २–१ ले हराउँदै महत्वपूर्ण जित हात पार्यो। खेलमा पहिला रियलले अग्रता लिए पनि सिटीले पहिलो हाफमै खेलमा पुनरागमन गरेको थियो। रियलका रोड्रिगोले २८औँ मिनेटमा गोल गर्दै टोलीलाई १-० ले अघि बढाए। त्यसअघि रियललाई दिइएको पेनाल्टी भने भिएआरले हेरेर खारेज गरिदियो। तर त्यसपछि रियल कमजोर देखियो। ३५ औं […]