9 months ago
March 15, 2025
हिमाल खरेल, मेचीनगर
सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड पाँचौँ मेचीनगर गोल्डकपको च्याम्पियन बनेको छ ।
शनिवार भएको फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई १–० ले पराजित गर्दै चर्च ब्वाइज प्रतियोगिताको च्याम्पियन बनेको हो ।
जितका लागि खेलको ११ औँ मिनेटमा चर्च ब्वाइजका समिर तामाङले निर्णायक गोल गरेका थिए । आयोजकका डिफेन्डर अभिषेक गुरुङले पेनाल्टी एरियामा क्लियर गर्न नसकेको बललाई उनले गोल गरे । उनको त्यही गोल प्रतियोगिताको उपाधि दिलाउन निर्णायक बन्यो ।
चर्च ब्वाइजका समिर तामाङ फाइनलको प्लेयर अफ दि म्याच घोषित भए । उनले ११ हजार रुपैयाँ र ट्रफी प्राप्त गरे ।
जितसँगै चर्च ब्वाइजले झापा कपपछि उपाधिको खडेरी तोडेको छ । मंसिरमा सम्पन्न झापाको उपाधि हात पारेको चर्च ब्वाइजले त्यसयता कुनै प्रतियोगितामा जित निकालेको थिएन ।
चर्च ब्वाइजले यो सिजन बिर्तामोडको झापा कप, बागमती गोल्डकप र फाल्गुनन्द गोल्डकपको उपाधि जितेको थियो । चर्च ब्वाइजले १० लाख, ट्रफी र दोस्रो काँकरभिट्टाले ५ लाख रुपैयाँ प्राप्त गर्यो ।
खमिरगिल्सन सर्वोत्कृष्ट
आयोजकका खमिरगिल्सन कन्दङवा प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी घोषित भए । उनले ५१ हजार रुपैयाँ र ट्रफी प्राप्त गरे ।
चर्च ब्वाइजका अबोयोमी फकुन्ले र मछिन्द्रका युसुफ मलिक सर्वाधिक गोलकर्ता रहे । उनीहरुले समान २५ हजार रुपैयाँ र ट्रफी प्राप्त गरे ।
चर्च ब्वाइजका सुमन श्रेष्ठ उत्कृष्ट प्रशिक्षक, गोलकिपर चर्च ब्वाइजकै टिकेन्द्र थापा उत्कृष्ट गोलकिपर, आयोजकका दिवस उराउ उत्कृष्ट डिफेन्डर भए । उनीहरुले समान २१ हजार रुपैयाँ प्राप्त गरे ।
आयोजकका पर्शु राई उदीयमान खेलाडीको अवार्डसहित १५ हजार रुपैयाँ प्राप्त गरे ।
पूर्व खेलाडी सम्मानित
सोही समारोहमा फुटबलका माध्यमबाट मेचीनगरलाई चिनाउने विभिन्न खेलाडीलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा सन्देश श्रेष्ठ, नरोत्तम गौतम, संगीता राउत, लुना प्रधान, लिला थापा रहेका छन् । उनीहरुलाई सम्मानपत्र तथा नगदसहित सम्मान गरिएको थियो ।
आयोजक समितिका संयोजक श्रीप्रसाद मैनालीको अध्यक्षता तथा कोशीक प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रदेशसभा सदस्य गोपाल तामाङ, आयोजक काँकरभिट्टा फुटबल टे«निङ सेन्टरका अध्यक्ष नवराज ओलीले शुभकामना मन्तव्य राखेका थिए ।
आयोजक समितिका सहसंयोजक विमल आचार्यले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव राजु कार्कीले गरेका थिए ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]