म्युनिख (एजेन्सी) – बायर्न म्युनिखले बुन्डेसलिगामा रेलिगेसन जोगाउन संघर्षरत हामबर्गर एसभीलाई शनिबार ८–० ले हराउँदै अंकतालिकामा ५ अंकको अग्रता लिएको छ ।
पहिलो हाफमा ३–० को अग्रता लिन सफल बायर्नका लागी भिडालले १७ औँ मिनेटमा पहिलो गोल गरेका थिए भने त्यसको सात मिनेटपछि रोर्बेट लेवान्डोस्व्कीले पेनाल्टीमा गोल गरेका थिए । लुइस होल्ब्टी को फाउलमा पाएको पेनाल्टी लाई लेवान्डोस्व्की ले गोलमा परिणत गरेका थिए ।
४२ औं मिनेटमा दोस्रो गोल गरेका लेवान्डोस्व्कीले पहिलो हाफमा धेरै गोल गर्ने अवसर चुकाएपनि दोस्रो हाफमा ५४ औं मिनेटमा गोल गर्दै उनले आफ्नो ह्याट्रिक पुरा गरे । दोस्रो हाफमा डेभिड अलाबाको १ गोल, किङ्स्ली कोमानको २ र आयर्न रोबेनको १ गोल थपेका थिए ।
जितसँगै दोस्रो स्थानमा रहेको रासेन बालस्पोर्टस लप्जिकसँग बानर्यनले ५ अंक पछि पारेको छ । लिप्जिकले एफसी कोलोग्नेलाई ३–१ बुन्डेसलिगाका अन्य खेलमा मानिजले बायर लेभरकुसनलाई २–० ले, अगस्बर्गले ड्राम्सटाडलाई २–१ ले, बारुसिया डर्टमन्डले फ्रिबर्गलाई ३–१ र हेराथ बर्लिनले इन्ट्राक्ट फ्रान्कफर्टलाई २–० ले पराजित गरेको थियो ।