9 months ago
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एवम् गोलकिपर एन्जिला तुम्बापो सुब्बाको वास्तविक जीवन कथामा आधारित फिल्म ‘अञ्जिला’ फिल्म हेर्न अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफू मातहतका निकायलाई अनुरोध गरेको छ।
एन्फाले सोमवार सामूहिक पत्राचार गर्दै आफूसँग आबद्ध सबै ७ प्रदेश, ४८ जिल्ला संघ, ४ (खेलाडी, प्रशिक्षक, महिला, रेफ्री) संघ, ए,बी, सी गरि ४२ क्लबहरूलाई नजिकको हलमा सामूहिक रुपमा फिल्म हेर्न व्यवस्था मिलाउन तथा सामाजिक सञ्जालमार्फत प्रचार गर्न आग्रह गरेको हो।
एन्फाले खेलकुदप्रेमी दर्शकलाई पनि फिल्म हेरेर नेपाली फुटबलको संघर्ष र सफलतालाई सम्मान गर्न अनुरोध गरिएको छ।

‘अञ्जिला’ फिल्म अहिले देशभर प्रदर्शन भैरहेको छ। यो फिल्म एञ्जिलाको इलामदेखि राष्ट्रिय टोलीसम्मको कठिन यात्रालाई केन्द्रमा राखेर निर्माण गरिएको छ। फिल्ममा केवल फुटबल यात्रा मात्र होइन। उनीसँग जोडिएको समाज, परिवार, कठिनाइ, सपना र आत्मबलको कथा सजीव रूपमा चित्रण गरिएको छ।
‘अञ्जिला’ केवल एक फुटबल खेलाडीको कथा मात्र होइन। यो सपना देख्ने, संघर्ष गर्ने र सफलता हासिल गर्ने हरेक नेपाली युवाको कथा हो। फिल्म प्रेरणादायी छ र सबैले हेर्नु पर्ने एउटा उत्कृष्ट नेपाली बायोपिक बनेको छ।
फिल्मबाट उठेको रकमले एन्जिलाको घर बनाइदिने घोषणा पनि फिल्म प्रदर्शनमा आउनु भन्दा पहिले भैसकेको छ।

December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]