default_image

9 years ago

February 26, 2017

लिग कपको फाइनलमा युनाइटेड र साउथह्याम्टन भिड्दै

197 views

0 Bookmark

लन्डन (एजेन्सी)– इङ्लिस लिग कपको फाइनलमा आइतबार राती प्रिमियर लिगका दुई टोली म्यान्चेस्टर युनाइटेड र साउथह्याम्प्टन भिड्दै छन् । वेम्ब्ली मैदानमा हुने खेलमा साउथह्याम्प्टनले सन् १९७६ पछि पहिलो महत्वपूर्ण प्रतियोगितामा जित्ने दाउमा रहनेछ भने जोसे माउरिन्हो पनि युनाइटेड पुगेयता टोलीलाई पहिलो उपाधि दिलाउने प्रयासमा हुनेछन् ।

United vs Spurs

पहिलो लेगमा हल सिटीलाई २–० ले पछि पारेको युनाइटेडले दोस्रो लेग २–१ गुमाएपनि ३–२ समग्र अग्रतामा उपाधि नजिक पुगेको थियो । साउथह्याम्प्टनले लिभरपुललाई दुवै लेगमा समान १–० ले हराउदै २–० को समग्र अग्रतासहित फाइनल पुगेको थियो ।

केहि दिनयता चिनियाँ लिगमा आबद्ध हुने चर्चाका बीच युनाइटेडका कप्तान वायन रुनीले पनि फाइनल खेल्ने माउरिन्हो जनाएका छन् । युनाइटेडमा पहिलो सिजन बिताइरहेका माउरिन्हाले आफु क्लब प्रति समर्पित र क्लबलाई पहिलो ट्रफी जिताउन प्रतिबद्ध रहेको बताएका छन् । माउरिन्होले भने,‘युनाइटेडले गत सिजन एफए कप जितेको थियो, यो सिजन पनि ट्रफी जिताउन हामी केन्द्रित छौ ।’

२०१० को जोनस्टोन पेन्ट ट्रफी को फाइनलमा कार्सेललाई हराए यता वेम्ब्ली मैदानमा पहिलो पटक खेल्ने तयारीमा रहेको साउथह्याम्प्टनका प्रशिक्षक क्लाउडे प्युल पनि पहिलो सिजनमा क्लबलाई सफलता दिलाउने प्रयासमा हुनेछन् । उनले भने, ‘यो समर्थकहरुको लागि महत्वपूर्ण ठूलो क्षण हो । समर्थकलाई खुसी र आनन्द पार्न हामी हरसम्भव प्रयास गर्नेछौं ।’

खेल नेपाली समयानुसार रातको १०:१५ बजे सुरु हुनेछ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.