9 months ago
March 19, 2025
काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक बी डिभिजन लिगमा बाँसबारी युथ क्लबले रानी पोखरी कर्नर टिम (आरसीटी) लाई रोमाञ्चक खेलमा ४-२ गोल अन्तरले हराएको छ ।
बाँसबारीको यो पहिलो जित हो भने आरसीटी लगातार दोस्रो हार बेहोर्न पुग्यो । एन्फा कम्प्लेक्समा आज भएको खेलमा बांशबारीले २५ मिनेट भित्र दुई गोल गर्यो । १६ औं मिनेटमा सरोज दर्लमीले करिब २० यार्ड टाढाबाट हानेको प्रहार उत्कृष्ट गोलमा परिणत भयो ।
यसपछि २५ औं मिनेटमा बाँसबारीले अग्रता दोब्बर गर्यो। कमजोर डिफेन्सको फाइदा उठाउँदै विकी राईले गोल किपर सोनाम वाइबासँगको वान भर्सेज वानमा गोल गरे । पहिलो हाफ २-० मा सकियो ।
दुई गालले पछि परेको आरसीटीले दोस्रो हाफ सुरू भएको सातौं मिनेटमा एक गोल फर्कायो । मन्जील खड्काको हेडर गोलमा आरसीटीले खेलमा फर्कने संकेत देखायो । ७४ औं मिनेटमा सुदीप लामाले गोल गर्दै खेललाई २-२ को रोमाञ्चक मोडमा पुर्याए ।
आरसीटीले खेललाई बराबरीमा पुर्याएको एक मिनेट पछि नै बाँसबारीले पेनाल्टीको अवसर प्राप्त गर्यो । सुशन लामाको ह्यान्ड भएपछि रेफ्री श्याम दनुवारले बाँसबारीलाई पेनाल्टी दिए । पेनाल्टीमा संगम खाँड ठकुरीले गोल गर्दा बाँसबारी अग्रतामा फर्कियो ।
यसपछि ८४ औं मिनेटमा काउन्टर अटयाकमा किपरसँगको वान भर्सेज वानमा विकी राईले गोल गरे । विकीको यो व्यक्तिगत दोस्रो गोल हो । योसँगै बाँसबारीले आरसीटीलाई ४-२ को रोमाञ्चक नतिजामा हराउँदै पहिलो जित दर्ता गर्यो।
दुई खेलबाट बाँसबारीले ३ अंक बनाएको छ । यसअघि बाँसबारी सरस्वती युथ क्लबसँग २-१ ले हारेको थियो ।
लगातार दोस्रो खेलमा पराजित आरसीटीले अंकको खाता खोल्न सकेन । आरसीटी पहिलो खेलमा श्री भगवती क्लबसँग ३-१ ले पराजित भएको थियो ।
लिग अन्तर्गत भोलि सरस्वती युथ क्लब र नयाँ बस्तीबीच खेल हुनेछ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]