9 months ago
March 19, 2025
काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक बी डिभिजन लिगमा बाँसबारी युथ क्लबले रानी पोखरी कर्नर टिम (आरसीटी) लाई रोमाञ्चक खेलमा ४-२ गोल अन्तरले हराएको छ ।
बाँसबारीको यो पहिलो जित हो भने आरसीटी लगातार दोस्रो हार बेहोर्न पुग्यो । एन्फा कम्प्लेक्समा आज भएको खेलमा बांशबारीले २५ मिनेट भित्र दुई गोल गर्यो । १६ औं मिनेटमा सरोज दर्लमीले करिब २० यार्ड टाढाबाट हानेको प्रहार उत्कृष्ट गोलमा परिणत भयो ।
यसपछि २५ औं मिनेटमा बाँसबारीले अग्रता दोब्बर गर्यो। कमजोर डिफेन्सको फाइदा उठाउँदै विकी राईले गोल किपर सोनाम वाइबासँगको वान भर्सेज वानमा गोल गरे । पहिलो हाफ २-० मा सकियो ।
दुई गालले पछि परेको आरसीटीले दोस्रो हाफ सुरू भएको सातौं मिनेटमा एक गोल फर्कायो । मन्जील खड्काको हेडर गोलमा आरसीटीले खेलमा फर्कने संकेत देखायो । ७४ औं मिनेटमा सुदीप लामाले गोल गर्दै खेललाई २-२ को रोमाञ्चक मोडमा पुर्याए ।
आरसीटीले खेललाई बराबरीमा पुर्याएको एक मिनेट पछि नै बाँसबारीले पेनाल्टीको अवसर प्राप्त गर्यो । सुशन लामाको ह्यान्ड भएपछि रेफ्री श्याम दनुवारले बाँसबारीलाई पेनाल्टी दिए । पेनाल्टीमा संगम खाँड ठकुरीले गोल गर्दा बाँसबारी अग्रतामा फर्कियो ।
यसपछि ८४ औं मिनेटमा काउन्टर अटयाकमा किपरसँगको वान भर्सेज वानमा विकी राईले गोल गरे । विकीको यो व्यक्तिगत दोस्रो गोल हो । योसँगै बाँसबारीले आरसीटीलाई ४-२ को रोमाञ्चक नतिजामा हराउँदै पहिलो जित दर्ता गर्यो।
दुई खेलबाट बाँसबारीले ३ अंक बनाएको छ । यसअघि बाँसबारी सरस्वती युथ क्लबसँग २-१ ले हारेको थियो ।
लगातार दोस्रो खेलमा पराजित आरसीटीले अंकको खाता खोल्न सकेन । आरसीटी पहिलो खेलमा श्री भगवती क्लबसँग ३-१ ले पराजित भएको थियो ।
लिग अन्तर्गत भोलि सरस्वती युथ क्लब र नयाँ बस्तीबीच खेल हुनेछ।
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]
December 4, 2025
एजेन्सी – प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]