9 months ago
March 20, 2025
एजेन्सी – सुनिल क्षेत्रीले अन्तर्राष्ट्रिय फुटबलमा पुनरागमन गरेको खेलमा बुधवार भारतले माल्दिभ्सलाई ३-० ले हराएको छ।
भारतलको सिलङ मेघालयस्थित जवाहरलाल नेहरू स्टेडियममा खेलेको मैत्रीपूर्ण खेलमा आयोजकका लागि सुनिलसहित राहुल भेके, लिस्टन कोलासोले गोल गरे।
३५औं मिनेटमा राहुलले कर्नरबाट आएको बलमा हेडरमार्फत पहिलो गोल गर्दै भारतलाई अग्रता दिलाए। ६६औं मिनेटमा लिस्टनले अर्को हेडर गोल गर्दै भारतको अग्रता दोब्बर बनाए।
७६औं मिनेटमा लिस्टनको असिस्टमा कप्तान सुनिलले पनि हेडर गोल गर्दै आफ्नो पुनरागमनलाई स्मरणीय बनाए। त्यो उनको खेल जीवनको ९५ औं गोल हो।
भारतीय टोलीका मुख्य प्रशिक्षक मनोलो मार्क्वेजले भने,
‘यो हाम्रो लागि महत्वपूर्ण खेल थियो। सुनिल क्षेत्रीले केहि समय खेल्नेछन् भन्ने थाहा थियो। उमेरले फरक पार्दैन, टिमलाई जो फिट र फर्ममा छ, उसैलाई खेलाइन्छ।’
४० वर्षे सुनिलले आइएसएलमा उच्च प्रदर्शन गरिरहेका छन्। उनी २४ खेलमा १२ गोल गर्दै भारतीय खेलाडीको सर्वाधिक गोलकर्ता हुन् ।
भारत मंगलवार बंगलादेशविरुद्ध एएफसी एसियन कप छनोट तेस्रो चरणको खेल खेल्दैछ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]