default_image

9 months ago

March 20, 2025

सम्बाको नाममा ‘साम्बा चोक’ नामाकरण गरिने

2865 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ को सम्मानमा साम्बा चोक नामाकरण गरिएको छ।

मस्र्याङदी गाउँपालिका ९ खुदीपुल वारीको क्षेत्रलाई ‘साम्बा’ चोक नामाकरण गरिने भएको हो । साम्बा मस्र्याङ्दी गाउँपालिका ९ पामचोकमा जन्मिएकी हुन् ।

साम्बाको सम्मानमा चोकको नामाकरण गर्न लागिएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले जानकारी दिए । गाउँपालिकाको चैत ३ गते बसेको कार्यपालिका बैठकमा सर्वसम्मतिले सावित्राको फोटोसहितको होलिङ बोर्ड राखेर ‘साम्बा चोक’ नामाकरण गर्ने निर्णय भएको बताइएको छ। 

‘हाम्रो चेली सावित्राले फुटबलको माध्यमबाट नेपाललाई विश्वसामु चिनाउन सफल भएकोले पालिकाबासी हर्षित छौं”, गाउँपालिका अध्यक्ष गुरुङले भने, ‘पालिकाको मात्र नभएर राष्ट्रको गहनाको रुपमा स्थापित सावित्राको सम्मानार्थ ‘ साम्बा चोक’ नामाकरण गर्न लागेका हौं ।’ 

अन्नपूर्ण पदमार्ग अन्र्तगत मनाङ जाने सडकमा अवस्थित मस्र्याङ्दीको चर्चित खुदीबजार पुलको चोकलाई साम्बा चोक नामाकरण गर्दा उनको जन्मस्थानको पहिचान र प्रचारमा थप टेवा पुग्ने पालिकाले विश्वास लिएको छ । 

साम्बा हाल फ्रान्सेली लिग एन अभान्ट ग्वेङगाम्पबाट व्यवसायिक फुटबल खेलिरहेकी छिन्। आफ्नो नामबाट साम्बा चोक नामाकरण गर्न लागेकोमा गाउँपालिकालाई धन्यवाद दिइन् ।

‘आफू‌ जन्मेको‌ ठाउँ सबैलाई प्यारो लाग्छ । यो मेरो मात्र हैन गाउँपालिका समग्र फुटबल क्षेत्रको सम्मानको रुपमा लिएको छु,’ साम्बाले भनिन्,’ यसले मलाई केहि भावुक पनि बनाएको छ । त्यो भन्दा बढी आउने दिनमा फुटबलका माध्यमबाट देशलाई सफलता दिलाउन हौसला मिलेको छ।’

सन् २०१४ देखि राष्ट्रिय टोलीबाट खेल्दै आएकी साम्बा ५३ खेलमा नेपालका लागि सर्वाधिक ५७ गोल गरेकी छिन्।

एक दशकअघि एपिएफमा आबद्ध भएकी २७ वर्षे साम्बाले माल्दिभ्स, भारत र इजरायलबाट व्यवसायिक फुटबल खेलिसकेकी छिन् ।

December 7, 2025

आरसिटी अन्नपूर्णको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

December 7, 2025

बार्सिलोनाको जितमा टोरेसको ह्याट्रिक

एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]

Success

Thank you for your time.