9 months ago
March 20, 2025
सुशील पन्त क्षेत्री,चितवन
त्रिभुवन आर्मी फुटबल क्लब चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
दोस्रो सेमिफाइनलमा आज रौतहट एफसीलाई हराउँदै आर्मी उपाधि नजिक पुगेको हो । रोमाञ्चक खेलमा आर्मी ६-३ ले विजयी भयो ।
खेलको ३० सेकेन्डमा आर्मीविरुद्ध रौतहटले अग्रता लिएको थियो । त्यसपछि आर्मी खेलमा फर्कियो । आर्मीको जितमा चन्द्रा भण्डारीले ४ गोल गरिन् । विमला चौधरी र हिमा चौधरीले समान १ गोल गरिन् ।
रौतहटका लागि पिउली रायले २ तथा सेनु परियारले १ गोल गरिन् । आर्मीकी चन्द्रा प्लेयर अफ दि म्याच भइन् । उनले १० हजार रुपैयाँ प्राप्त गरिन् ।

आर्मीले अब उपाधिका लागि एपिएफ एफसीको सामना गर्नेछ । एपिएफ यसअघि पहिलो सेमिफाइनलमा भरतपुर २४ विरुद्ध ११-० को फराकिलो जित निकाल्दै फाइनलमा प्रवेश गरिसकेको छ ।
दुई सातामा एपिएफ र आर्मी दोस्रो पटक उपाधिका लागि भिड्ने भएका छन्। फागुन २४ गते इलाममा भएको महिला फुटबल प्रतियोगिताको फाइनलमा आर्मीलाई एपिएफले उपाधि जितेको थियो।

चितवन जिल्ला फुटबल संघको आयोजना तथा भरतपुर महानगरपालिकालो प्रवर्द्धनमा जारी प्रतियोगिताको फाइनल शनिवार हुनेछ । प्रतियोगिताको विजेताले ३ लाख र दोस्रो हुने टोलीले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]