default_image

9 months ago

March 21, 2025

ललितपुर सिटीको जर्सी सार्वजनिक

298 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को साविक विजेता ललितपुर सिटी एफसीले तेस्रो सिजनको लागि जर्सी सार्वजनिक गरेको छ ।

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले बिहीवार क्लबको आधिकारिक जर्सी सार्वजनिक गरेका हुन। ललितपुरले एनएसएलमा प्रयोग गर्ने दुवै खाले जर्सी सार्वजनिक गरेको हो । एउटा रातो/कालो छ भने अर्को सेतो/रातो छ । जर्सीमा नेवारी हाकुपटासीको रङ झल्किन्छ। 

मेयर महर्जनले आजको दिन आफ्नो लागि खुसीको दिन रहेको बताए । उनले दोस्रो संस्करणमा ललितपुरले उपाधि जितेर नेवारी भोज खुवाएर खुसीयाली मनाएको स्मरण गर्दै यस पटक विजेता बनेमा नगदबाटै पुरस्कृत गरिने बताए ।

महर्जनले महानगरबाट ए,बि,सी फुटबल क्लबहरुलाई अनुदान उपलब्ध गराउँदै आएको जानकारी दिए ।

ललितपुर सिटी एफसीको मार्की प्लेयरमा अनन्त तामाङ रहेका छन्। ललितपुर सिटी एफसीले  चैत १६ गते पहिलो संस्करणको विजेता काठमाडौं रेजर्ससँग उद्घाटन खेल खेल्नेछ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.