9 months ago
March 21, 2025
एजेन्सी – पनामा र मेक्सिको चौथो संस्करणको कन्काफ नेसन्स लिगको उपाधिका लागि खेल्ने भएका छन् ।
शुक्रवार भएको सेमिफाइनल खेल जित्दै पनामा र मेक्सिकोले उपाधिका लागि भिड्ने पक्का गरेका हुन् । पनामाले पहिलो सेमिफाइनलमा अमेरिकालाई १-० ले पराजित गरेको हो ।
लगातार ३ पटक च्याम्पियन भएको अमेरिकालाई पराजित गरि पनामा पहिलो पटक फाइनल पुगेको हो । अमेरिकामा भएको खेलमा पनामालाई फाइनल पुर्याउन सेसिलियो वाटरम्यानले गरेको गोल निर्णायक भयो । वाटरम्यानले खेलको अन्तिम समयमा गोल गरेका थिए ।
यस्तै, आजै भएको दोस्रो सेमिफाइनल खेलमा क्यानडालाई २-० ले पराजित गर्दै मेक्सिकोले फाइनलमा पुगेको हो । मेक्सिकोले तेस्रो पटक फाइनलमा स्थान बनाएको हो ।
अमेरिकामा भएको दोस्रो सेमिफाइनल खेलमा मेक्सिकोलाई जित दिलाउन दुवै गोल राउल जिमेनेजले गरे ।
जिमेनेजले खेलको पहिलो मिनेटमा नै मेक्सिकोलाई सुरुवाती अग्रता दिलाएका थिए । ७५औं मिनेटमा मेक्सिकोका लागि अर्को गोल गरे ।
यसअघिको दुवै फाइनलमा मेक्सिको अमेरिकासँग पराजित भएको थियो । प्रतियोगिताको फाइनल खेल सोमवार अमेरिकामा नै हुनेछ ।
सोमवार नै तेस्रो स्थानका लागि अमेरिकाले घरेलु मैदानमा क्यानडाको सामना गर्नेछ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]