9 months ago
March 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इंग्ल्याण्ड तथा म्यानचेष्टर युनाइटेडका पूर्व डिफेण्डर रियो फर्डिनान्डले हस्ताक्षर गरेको ललितपुर सिटीको जर्सी अक्सन गराइएको थियो ।
नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणका लागि बिहीवार ललितपुर सिटी एफसीले जर्सी सार्वजनिक गर्ने कार्यक्रममा जर्सीको बेस प्राइज ५० हजार रुपैयाँ राखिएको थियो ।

हरेक बिडमा ५ हजार रुपैयाँ थपिँदै गएको थियो । धेरैले जर्सी लिन चाहेका थिए ।
अन्तिममा सरोज कार्की ले १ लाख १५ हजार रुपैयाँ बिड गर्दै जर्सी किने । कार्की आफू पहिला देखि युनाइटेड र रियो फर्डिनान्डको फ्यान भएको बताए ।
फर्डिनान्डले केही राम्रो गोल गरेर टोलीलाई जिताएको स्मरणमा जर्सीका लागि लाख रुपैयाँ भन्दा बढी खर्च तयार भएको कार्कीको भनाइ थियो ।

ललितपुरको जर्सी सार्वजनिक
एनएसएलको साविक विजेता ललितपुर सिटी एफसीले तेस्रो सिजनको लागि जर्सी सार्वजनिक गरेको छ ।
ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले बिहीवार क्लबको आधिकारिक जर्सी सार्वजनिक गरेका हुन। ललितपुरले एनएसएलमा प्रयोग गर्ने दुवै खाले जर्सी सार्वजनिक गरेको हो । एउटा रातो/कालो छ भने अर्को सेतो/रातो छ । जर्सीमा नेवारी हाकुपटासीको रङ झल्किन्छ।

मेयर महर्जनले दोस्रो संस्करणमा ललितपुरले उपाधि जितेर नेवारी भोज खुवाएर खुसीयाली मनाएको स्मरण गर्दै यस पटक विजेता बनेमा नगदबाटै पुरस्कृत गरिने बताए ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]