default_image

9 months ago

March 21, 2025

फर्डिनान्डले हस्ताक्षर गरेको जर्सी १ लाख १५ हजारमा विक्री

533 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- इंग्ल्याण्ड तथा म्यानचेष्टर युनाइटेडका पूर्व डिफेण्डर रियो फर्डिनान्डले हस्ताक्षर गरेको ललितपुर सिटीको जर्सी अक्सन गराइएको थियो ।

नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणका लागि बिहीवार ललितपुर सिटी एफसीले जर्सी सार्वजनिक गर्ने कार्यक्रममा जर्सीको बेस प्राइज ५० हजार रुपैयाँ राखिएको थियो ।

हरेक बिडमा ५ हजार रुपैयाँ थपिँदै गएको थियो । धेरैले जर्सी लिन चाहेका थिए ।

अन्तिममा सरोज कार्की ले १ लाख १५ हजार रुपैयाँ बिड गर्दै जर्सी किने । कार्की आफू पहिला देखि युनाइटेड र रियो फर्डिनान्डको फ्यान भएको बताए ।

फर्डिनान्डले केही राम्रो गोल गरेर टोलीलाई जिताएको स्मरणमा जर्सीका लागि लाख रुपैयाँ भन्दा बढी खर्च तयार भएको कार्कीको भनाइ थियो ।

ललितपुरको जर्सी सार्वजनिक

एनएसएलको साविक विजेता ललितपुर सिटी एफसीले तेस्रो सिजनको लागि जर्सी सार्वजनिक गरेको छ ।

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले बिहीवार क्लबको आधिकारिक जर्सी सार्वजनिक गरेका हुन। ललितपुरले एनएसएलमा प्रयोग गर्ने दुवै खाले जर्सी सार्वजनिक गरेको हो । एउटा रातो/कालो छ भने अर्को सेतो/रातो छ । जर्सीमा नेवारी हाकुपटासीको रङ झल्किन्छ। 

मेयर महर्जनले दोस्रो संस्करणमा ललितपुरले उपाधि जितेर नेवारी भोज खुवाएर खुसीयाली मनाएको स्मरण गर्दै यस पटक विजेता बनेमा नगदबाटै पुरस्कृत गरिने बताए ।

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

विकटेश्वर , एसओएस र एनपिएस विजयी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन‌ आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]

December 4, 2025

आर्सनल विजयी, चेल्सीको‌ हार

एजेन्सी – ‌ प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको‌ छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]

Success

Thank you for your time.