default_image

9 months ago

March 21, 2025

साम्बा प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कारबाट पुरस्कृत

599 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार-२०८१ बाट पुरस्कृत भएकी छिन्

सरकारले विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने प्रतिभाशाली नागरिकलाई प्रदान गर्ने पुरस्कार अन्तर्गत विभिन्न विधाका १० जना पुरस्कृत गर्दा खेलकुदबाट साम्बा पुरस्कृत भएकी हुन् ।

राष्ट्रिय प्रजातन्त्र दिवस २०८१ का अवसरमा आज सैनिकमञ्च टुँडिखेलमा आयोजित मूल समारोहमा पुरस्कारको घोषणा गरिएको थियो । सो पुरस्कार प्रधानमन्त्री केपी शर्मा ओलीबाट आज साम्बाका बुवा थम्बबहादुर भण्डारीले ग्रहण गरे।

नेपालका लागि अन्तर्राष्ट्रिय फुटबलमा ५३ खेलमा सर्वाधिक ५७ गोल गर्ने कीर्तिमान रचेकी साम्बा पछिल्लो समय युरोपमा फुटबल खेल्दै आएकी छिन् ।

हाल फ्रान्सको शीर्ष डिभिजन क्लब एन अभान्ट ग्वेंगाम्पमा आवद्ध उनले गत सिजन इजरायलको हापोएल रानानामा खेलेकी थिइन् । गत महिनस फोर नेसन्स उमन्स च्याम्पियनसिप खेलेर साम्बा फ्रान्स फर्केकी थिइन् ।

साम्बाले भारतको शीर्ष डिभिजन लिगमा पनि सर्वाधिक गोलकर्ता बन्दै २ पटक उपाधि जितिसकेकी छिन् । उनी करिअरको सुरुवातमै नेपाल एपिएफ क्लबबाट पनि नेपालको लिग च्याम्पियन बनिसकेकी छिन् ।

साम्बासँगै प्रतिभा पुरस्कार प्राप्त गर्नेमा टेलिमेडिसिन क्षेत्रतर्फ डा छिरिङ लामा (सिन्धुपाल्चोक), विज्ञान प्रविधि नवप्रवर्तनतर्फ डा.विराजसिंह थापा (मोरङ), कीर्तिमानी पर्वतारोही पूर्णिमा श्रेष्ठ (गोरखा), विज्ञान प्रविधितर्फ आभाष मास्के (काठमाडौँ) र हरिराम श्रेष्ठ (गोरखा) , चिकित्सा क्षेत्रतर्फ डा.ओम मूर्ति अनिल (महोत्तरी), सम्पदा संरक्षणतर्फ रवीन्द्र पुरी (भक्तपुर), मानवसेवा तथा समाजसेवातर्फ दिलशोभा श्रेष्ठ (काठमाडौँ) र रामजी अधिकारी (गोरखा) पुरस्कृत गरिने बताइएको छ ।

२०७५ सालमा मन्त्रीपरिषदले स्थापना गरेको यो पुरस्कारबाट प्रत्येक वर्ष दुई प्रतिभालाई जनही ५ लाख राशिको पुरस्कार प्रदान गर्ने निर्णय भएको थियो ।

त्यसै अनुरुप २०७६ सालमा पहिलोपटक दुई विधाका तीन प्रतिभालाई पुरस्कार प्रदान गरिएको थियो । त्यसपछि कोरोना महामारीका कारण पुरस्कार वितरण हुन सकेको थिएन ।

December 11, 2025

वसन्त गौचन फुटबल एकेडेमीले क्याम्प गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- वसन्त गौचन फुटबल एकेडेमीले युवा फुटबलरका लागि अर्को महिना ३ दिने ‘फनरुट्स जापान फुटबल क्याम्प’ गर्ने भएको छ । ललितपुरको लगनखेल स्थित बुद्धिविकास मण्डलमा पुस १० देखि १२ गतेसम्म १० देखि १६ वर्षसम्मका खेलाडीहरुलाई लक्षित गरेर फुटबल क्याम्प गर्न लागिएको एकेडेमीले जनाएको छ । नेपालका पूर्व अन्तर्राष्ट्रिय फुटबल खेलाडी वसन्त गौचन र […]

December 11, 2025

आर्सनलको‌ लगातार जित

एजेन्सी – आर्सनलले च्याम्पियन्स लिगमा शतप्रतिशत जितलाई निरन्तरता दिएको छ। आर्सनलले बुधवार क्लब ब्रुगलाई ३–० ले हराउँदै च्याम्पियन्स लिगमा लगातार छैटौँ जित निकालेको छ। आर्सनलका नोनि माडुकेको प्रदर्शन दमदार रह्यो। उनले २ गोल गरे। २५ औं मिनेटमा झन्डै २५ यार्ड टाढाबाट पहिलो गोल गरेका माडुकेले ४७ औं मिनेटमा हेडमार्फत अर्को गोल थपे । तेस्रो गोल […]

December 11, 2025

म्यानचेस्टर सिटीसँग रियल म्याड्रिड पराजित

एजेन्सी – म्यानचेस्टर सिटीले च्याम्पियन्स लिगमा रियल मड्रिडलाई २–१ ले हराउँदै महत्वपूर्ण जित हात पार्यो। खेलमा पहिला रियलले अग्रता लिए पनि सिटीले पहिलो हाफमै खेलमा पुनरागमन गरेको थियो। रियलका रोड्रिगोले २८औँ मिनेटमा गोल गर्दै टोलीलाई १-० ले अघि बढाए। त्यसअघि रियललाई दिइएको पेनाल्टी भने भिएआरले हेरेर खारेज गरिदियो। तर त्यसपछि रियल कमजोर देखियो। ३५ औं […]

Success

Thank you for your time.