9 months ago
March 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एएफसी एसियन कप छनोट खेल्ने तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज सिंगापुरसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दैछ।
नेपाल र सिंगापुरबीचको खेल सिंगापुर नेसनल स्टेडियममा नेपाली समयअनुसार साँझ ६:१५ बजे सुरु हुनेछ। अष्ट्रेलियन प्रशिक्षक म्याट रोसकोलागि यो पहिलो खेल हुनेछ। यसअर्थ उनको लागि आजको खेल विशेष रहनेछ।
आफ्नो पहिलो खेलमा सकारात्मक नतिजा निकाल्ने दाउमा रहेका प्रशिक्षक रोसले बेस्ट टिमलाई उतार्ने बताएका छन्। साथै उनीसँग नयाँ खेलाडीलाई परीक्षण गर्ने अवसर समेत रहनेछ।
नेपालले सिंगापुरलाई अहिलेसम्म हराउन सकेको छैन। यसअघि नेपाल र सिंगापुरबीच ४ पटक प्रतिस्पर्धा भएको छ। जहाँ सिंगापुरले ३ खेल जित्दा १ खेल गोलरहित बराबरीमा सकिएको थियो।
पछिल्लो पटक नेपालले सन् १९८९ मा फिफा विश्वकप छनोटमा खेलेको थियो। नेपाल र सिंगापुरले ३६ वर्षपछि खेल्न लागेको हो।
नेपाल र सिंगापुरको फुटबल प्रतिस्पर्धाको इतिहास ३ दशकभन्दा लामो छ। नेपालले पहिलो पटक १९८२ को किंग्स कपमा सिंगापुरसँग पहिलो पटक खेलेको थियो । त्यतिबेला नेपाल २-० ले पराजित भयो।
४ वर्षपछि १९८६ मा दशरथ रंगशालामा आयोजित पञ्चायत सिल्भर जुबिली कपमा नेपालले सिंगापुलाई गोलरहित बराबरीमा रोकेको थियो।
त्यसपछि १९८९ मा फिफा विश्वकप छनोट अन्तर्गत नेपाल र सिंगापुरबीच दुई खेल भएको थियो। पहिलो खेलमा नेपाल ७-० र दोस्रो खेलमा ३-० ले पराजित भएको थियो। अहिलेसम्म नेपालले सिंगापुर विरुद्ध गोल समेत गर्न सकेको छैन।
नेपालले गत नोभेम्बरमा अफगानिस्तानलाई हराएपछि करिब ४ महिनापछि अन्तराष्ट्रिय प्रतियोगिता खेल्दैछ।
मैत्रीपूर्ण खेलपछि नेपाली टोली छनोट खेल्न मलेसिया जानेछ। नेपाल र मलेसियाबिच चैत १२ गते प्रतिस्पर्धा हुनेछ।
यो खेल नेपालले आफ्नै घरेलु मैदानमा खेल्ने तालिका थियो। तर दशरथ रंगशालाले तत्काल अन्तर्राष्ट्रिय खेल खेलाउन अनुमति नपाएपछि नेपालले आफ्नो होम म्याच मलेसियामा हुन लागेको हो।
एसियन कप छनोट अन्तर्गत नेपाल समूह ‘एफ’मा रहेको छ। जहाँ नेपालले मलेसिया, भियतनाम र लाओससँग प्रतिस्पर्धा गर्नेछ।
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]
December 4, 2025
एजेन्सी – प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]