default_image

9 months ago

March 21, 2025

जिलेस्पीको गोलमा नेपालको अग्रता

2366 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- नेपालले‌ सिंगापुरविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अग्रता लिएको छ ।

सिंगापुरको नेसनल स्टेडियममा जारी खेलमा नेपालले जिलेस्पीजंग कार्कीको गोलमा अग्रता लिएको हो।
उनले १२औं मिनेटमा गोल गरे ।

नेपालले सिंगापुरविरूद्धको औपचारिक खेलमा पहिलो पटक गोल गर्न सफल भएको हो।

नेपालले एएफसी एसियन कप छनोट खेल्ने तयारीमा क्रममा मैत्रीपूर्ण खेल खेलको हो ।

अष्ट्रेलियन प्रशिक्षक म्याट रोसकोलागि यो पहिलो खेल हुनेछ। यसअर्थ उनको लागि आजको खेल विशेष रहनेछ।
आफ्नो पहिलो खेलमा सकारात्मक नतिजा निकाल्ने दाउमा रहेका प्रशिक्षक रोसले बेस्ट टिमलाई उतार्ने बताएका छन्। साथै उनीसँग नयाँ खेलाडीलाई परीक्षण गर्ने अवसर समेत रहनेछ।

नेपालले सिंगापुरलाई अहिलेसम्म हराउन सकेको छैन। यसअघि नेपाल र सिंगापुरबीच ४ पटक प्रतिस्पर्धा भएको छ। जहाँ सिंगापुरले ३ खेल जित्दा १ खेल गोलरहित बराबरीमा सकिएको थियो।
पछिल्लो पटक नेपालले सन् १९८९ मा फिफा विश्वकप छनोटमा खेलेको थियो। नेपाल र सिंगापुरले ३६ वर्षपछि खेल्न लागेको हो।

नेपाल र सिंगापुरको फुटबल प्रतिस्पर्धाको इतिहास ३ दशकभन्दा लामो छ। नेपालले पहिलो पटक १९८२ को किंग्स कपमा सिंगापुरसँग पहिलो पटक खेलेको थियो । त्यतिबेला नेपाल २-० ले पराजित भयो।
४ वर्षपछि १९८६ मा दशरथ रंगशालामा आयोजित पञ्चायत सिल्भर जुबिली कपमा नेपालले सिंगापुलाई  गोलरहित बराबरीमा रोकेको थियो।
त्यसपछि १९८९ मा फिफा विश्वकप छनोट अन्तर्गत नेपाल र सिंगापुरबीच दुई खेल भएको थियो। पहिलो खेलमा नेपाल ७-० र दोस्रो खेलमा ३-० ले पराजित भएको थियो। अहिलेसम्म नेपालले सिंगापुर विरुद्ध गोल समेत गर्न सकेको छैन।
नेपालले गत नोभेम्बरमा अफगानिस्तानलाई हराएपछि करिब ४ महिनापछि अन्तराष्ट्रिय प्रतियोगिता खेल्दैछ।
मैत्रीपूर्ण खेलपछि नेपाली टोली छनोट खेल्न मलेसिया जानेछ। नेपाल र मलेसियाबिच चैत १२ गते प्रतिस्पर्धा हुनेछ।
यो खेल नेपालले आफ्नै घरेलु मैदानमा खेल्ने तालिका थियो। तर दशरथ रंगशालाले तत्काल अन्तर्राष्ट्रिय खेल खेलाउन अनुमति नपाएपछि नेपालले आफ्नो होम म्याच मलेसियामा हुन लागेको हो।
एसियन कप छनोट अन्तर्गत नेपाल समूह ‘एफ’मा रहेको छ। जहाँ नेपालले मलेसिया, भियतनाम र लाओससँग प्रतिस्पर्धा गर्नेछ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.