default_image

9 months ago

March 22, 2025

मौसमका कारण आयोजक र एपिएफबीचको खेल स्थगित

1756 views

0 Bookmark

सुमन अधिकारी, बुटवल

बुटवलमा २३ औं तिलोत्तमा गोल्ड कप नकआउट फुटबल प्रतियोगितामा शनिवार सुरु भएको छ ।

उद्घाटन खेलको पहिलो हाफमा आयोजक करेन्ट रुपन्देही ११ विरुद्ध एपिएफ एफसीले १- ० गोलको अग्रता लिएको थियो । प्रतिस्प्रर्धात्मक खेलको १७ औ मिनेटमा हरि कार्कीले गोल गर्दै एपिएफलाई अग्रता दिलाएका हुन् ।

दोस्रो हाफ सुरु भएसको केहि समयमा नै हावाहुरी चलेपछि खेल रोकियो । लामो समयसम्म मौसम प्रतिकुल भएपछि खेल स्थगित गर्ने निर्णय भएको रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष लोक पुनले बताए । ‘ स्थगित खेल भोलि बिहान ८ बजे हुनेछ,’ उनले भने ।

खेल तालिका अनुसार भोलि चर्च ब्याइज युनाइटेड नेपाल पुलिस क्लब बिच खेल हुनेछ ।

यसअघि प्रतियोगिताको उद्घघाटन गर्दै बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेले नगरभित्र खेलकुद विकास र युवा खेलाडी उत्पादन गर्ने गरि सरकारको खेल क्षेत्रमा लगानी गरेको बताए ।

अखिल नेपाल फुटबल संघका निवर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पाले तिलोत्तमा गोल्डकपलाई थप परिस्कृत रुपमा लैजान आग्रह गरे । रात्रीकालिन प्रतियोगिता आयोजना हुने गरि फ्लड लाईट जडान जरुरी रहेको भन्दै उनले बताए ।

यो वर्ष पुरस्कार राशीमा समेत अघिल्लो संस्करणभन्दा १ लाख रुपैया बृद्धि गरिएको छ । प्रतियोगिताको विजेता टोलीले १२ लाख १२ हजार २ सय २२ रुपैयाँ र दोस्रो टोलीले ६ लाख, ६६ हजार, ६ सय, ६६ रुपैयाँ प्राप्त गर्नेछ।

रुपन्देही एन्फाको आयोजना बुटवल उपमहानगरपालिकाको संरक्षक तथा यशोदा फुड्स प्रालि र त्रिमुर्ति ईण्डस्ट्रिज प्रालिको मुख्य प्रायोजन रहेको प्रतियोगिता प्रदेश खेलकुद परिषद लुम्बिनी मुख्य सहयोगी‌ रहेको‌ छ।

प्रतियोगितामा संकटा एफसी, मच्छिन्द्र एफसी, एडोर्न गडवाल स्पोर्टिङ क्लब, जर्जियन एफसीको पनि सहभागिता रहेको छ।

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

December 7, 2025

बार्सिलोनाको जितमा टोरेसको ह्याट्रिक

एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]

December 7, 2025

मेस्सीसम्मिलित इन्टर मियामीलाई एमएलएस कप

एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्‍यो। मियामीका गोलरक्षक रोको रिओस […]

Success

Thank you for your time.