9 months ago
March 23, 2025
सुमन अधिकारी, बुटवल
सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड बुटवलमा जारी तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल पुगेको छ।
नेपाल पुलिस क्लबललाई आज टाइब्रेकरमा ४-३ ले हराउँदै चर्च ब्वाइज अन्तिम चारमा पुगेको हो।
बुटवलमा जारी २३ औ तिलोत्तमा गोल्डकपको पहिलो खेलमा पराजित भएको छ । आईतवार भएको खेलमा लिग विजेता चर्च व्वाईजले पुलिसलाई पराजित गरेको हो ।

देविनगरस्थित एन्फा टेक्निकल खेलमैदानमा भएको निक्कै प्रतिस्प्रात्मक खेलको निर्धारित समय गोलरहित बराबरीमा टुंगिएपछि पेनाल्टी सुटआउटमा निर्णय भएको हो।
चर्च ब्वाइज खेलमा हाबी बने पनि गोल गर्न सकेन । दोस्रो हाफमा पुलिसले पनि आक्रमक खेलेपनि गोलको खाता खोल्न सकेन।
टाइब्रेकरमा चर्च ब्वाइजका अमन लामा, चेतन चौधरी, अर्मान्ड बेएडुम, प्रवेश कुँवरको गोल गरे। कप्तान सेर्गे डिकाको प्रहार बाहिरीयो ।
पुलिसका तर्फबाट प्रज्ज्वल चौधरी, गोलकिपर अमित टमाटा र अरुण गाहाले मात्रै गोल गरे । ओसेन्द्र कटुवाल र विवेक पाण्डेको प्रहार बारमा लागेर बाहिरियो ।

विजयी टोलीका अमन लामा प्लेयर अफ दी म्याच भए र उनले ११ हजार १ सय ११ रुपैयाँ प्राप्त गरे।
प्रतियोगितामा सोमवार संकटा क्लब र जर्जियन एफसी भारतकाबीच प्रतिस्पर्धा हुनेछ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]