9 months ago
March 24, 2025
सुमन अधिकारी, बुटवल
सिर्जनराज गौतमको नायकत्वमा ए डिभिजन टोली संकटा रुपन्देही जारी २३ औं तिलोत्तमा गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।
भारतको जर्जियन एफसीलाई ४-० ले पराजित गर्दै संकटाले अन्तिम चारमा स्थान बनाएको हो । संकटाका लागि चारै गोल सिर्जनले गरे।
देविनगरस्थित एन्फा टेक्निकल खेलमैदानमा भएको सिर्जनले पहिलो गोल ४० औं मिनेटमा गरे। पेनाल्टी बक्स नजिक निर्मल घिसिङले पासमा सृजनले जर्जियनका किपर विवेक राईलाई बिट गर्दै गोल गरे।
८६ औं मिनेटमा दोस्रो गोल गरेका सिर्जनले ६ मिनेट इन्ज्युरी समयमा थप २ गोल गरे।

प्रतियोगितामा मंगलवार मच्छिन्द्र एफसी र भारतको एडोर्न गडवाल स्पोर्टिङ क्लब बिच अन्तिम क्वाटरफाइनल हुनेछ।
December 10, 2025
एजेन्सी – च्याम्पियन्स लिगमा मंगलवार बार्सिलोना, बायर्न म्युनिख, लिभरपुल, एट्लेटिको म्याड्रिड विजयी भएका छन्। चेल्सी, इन्टर मिलान पराजित भएको छ। बायर्नले स्पोर्टिङ सिपीलाई ३-१ ले हरायो। सुरुवाती अग्रता स्पोर्टिङले लियो। ५४औँ मिनेटमा जोशुआ किमिचको आत्मघाती गोलबाट स्पोर्टिङले अग्रता बनाएको हो। तर त्यसपछि बायर्नले दबाब बढाउँदै खेल आफ्नो पक्षमा पार्यो । ६५औँ मिनेटमा सर्ज ग्नाब्रीले नजिकैबाट […]
December 9, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]