default_image

9 months ago

March 24, 2025

एसियन कप छनोट – नेपाल मलेसियाको सामना गर्दै

4786 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- अघिल्लो साता सिंगापुरलाई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल हराएको नेपाली फुटबल टोली उत्साहित छ।

सिंगापुरबाट मलेसिया पुगेको नेपाली टोलीले मंगलवार एएफसी एसियन कप छनोटमा घरेलु टोलीको सामना गर्नेछ। इब्राहिम सुल्तान स्टेडियममा नेपाली समय अनुसार खेल राति ७:४५ बजे सुरु हुनेछ।

खेलको लागि नेपाली टोली तयार रहेको र उत्कृष्ट खेल्ने प्रि म्याच कन्फ्रेन्समा मुख्य प्रशिक्षक म्याट रोसले बताए।

मलेसिया बलियो प्रतिद्वन्द्वी भएपनि जितको लागि नै खेल्ने प्रशिक्षक रोसले भनेका छन्। नेपालले शुक्रवार अन्तराष्ट्रिय मैत्रिपूर्ण खेलमा सिंगापुलाई १-० ले हराएको थियो। पहिलो पटक सिंगापुरलाई हराएर नेपाली टोली आमविश्वासी बनेको छ।

अन्तराष्ट्रिय मैत्रिपूर्ण खैलमा जितबाट सुरूवात गरेका प्रशिक्षक रोसका लागि यो नेपालको तर्फबाट पहिलो आधिकारिक प्रतियोगिता समेत हुनेछ।

मलेसियाका प्रमुख प्रशिक्षक पिटर क्लामोभ्स्कीले नेपालले सिंगापुरलाई हराएको कारण खेल सजिलो नहुने बताएका छन्। नेपाललाई कमजोर नठान्ने पनि उनले भनेका छन्।

हेड टु हेड

अहिलेसम्म नेपालले मलेसियासँग ७ पटक खेलेको छ। जहाँ नेपालले एक खेल पनि जितेको छैन। नेपाल मलेसियासँग ६ पटक हारेको छ। एक पटक गोलरहित बराबरीको नतिजा निकालेको छ। नेपालले मलेसिया विरूद्ध अहिलेसम्म गोल समेत गर्न सकेको छैन्।

नेपालले ७ खेलमा २३ गोल खाएको छ। त्यसैले गोल गर्ने र पहिलो जित निकाल्ने र इतिहास बदल्ने अवसर नेपाली टोलीलाई रहेको छ।‌

  • १. १९८३, सेप्टेम्बर १९ मलेसिया ७-० ले विजयी (मडेका कप)
  • २. १९८५, मार्च १६ नेपाल र मलेसिया गोलरहित बराबरी (विश्व कप छनोट)
  • ३. १९८५, मार्च ३१ मलेसिया ५-० ले विजयी (विश्व कप छनोट)
  • ४. १९८९, मे २३ मलेसिया २-० ले विजयी (विश्व कप छनोट)
  • ५. १९८९, जुन ७ मलेसिया ३-० ले विजयी (विश्व कप छनोट)
  • ६. २००८, अक्टोबर १५ मलेसिया ४-० ले विजयी (अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेल)
  • ७. २०१९, जुन २ मलेसिया २-० ले विजयी (अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेल)

यो पटकको छनोटमा एसियाका २४ टिमलाई ६ समूहमा विभाजित गरिएको छ। नेपाल रहेको समूह ‘एफ’ मा मलेसिया, भियतनाम र लाओससँग रहेको छ। होम एण्ड अवे प्रणालीमा खेलाइने छनोटपछि प्रत्येक समूहको शीर्ष टोली एसियन कपमा छनोट हुनेछ।

मलेसियासँगको यो खेल नेपालको होम म्याच हो। तर दशरथ रङ्गशालासँग अन्तराष्ट्रिय मान्यता नपाएको कारण नेपालले मलेसियामा खेल्न परेको हो।

नेपाली टोली

गोलरक्षक– किरण चेम्जोङ, दीप कार्की, अञ्जल श्रेष्ठ

डिफेन्डर – अनन्त तामाङ, विमल पाण्डे, सनिस श्रेष्ठ, रणदीप पौडेल, सुमित श्रेष्ठ, अभिषेक लिम्बु, सुमन श्रेष्ठ

मिडफिल्डर – रोहित चन्द, लाकेन लिम्बु, रोहन कार्की, मणि लामा, भरत खवास, एरिक बिस्ट, मनिष डाँगी, कृतिश रत्न छुन्जु, आयुष घलान

स्ट्राइकर– जिलेस्पी जंग कार्की, अन्जन बिष्ट, सुवास बम ठकुरी, रेजिन सुब्बा

December 10, 2025

बायर्न र बार्सिलोनाको जित

एजेन्सी – च्याम्पियन्स लिगमा मंगलवार बार्सिलोना, बायर्न म्युनिख, लिभरपुल, एट्लेटिको म्याड्रिड विजयी भएका छन्। चेल्सी, इन्टर मिलान पराजित भएको छ। बायर्नले स्पोर्टिङ सिपीलाई ३-१ ले हरायो।  सुरुवाती अग्रता स्पोर्टिङले लियो। ५४औँ मिनेटमा जोशुआ किमिचको आत्मघाती गोलबाट स्पोर्टिङले अग्रता बनाएको हो। तर त्यसपछि बायर्नले दबाब बढाउँदै खेल आफ्नो पक्षमा पार्यो । ६५औँ मिनेटमा सर्ज ग्नाब्रीले नजिकैबाट […]

December 9, 2025

म्यानचेस्टर युनाइटेडको जित

एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]

December 8, 2025

मनाङले पनि राष्ट्रिय लिग खेल्ने!

काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ ।‌ पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]

Success

Thank you for your time.