9 months ago
March 25, 2025
एजेन्सी – विश्व कप युरोपियन छनोटमा इङ्ग्ल्यान्डले लगातार जित निकालेको छ ।
वेम्बलीमा इङ्ग्ल्याण्डले लात्भियालाई सोमवार ३-० ले पराजित गर्यो । थोमस टुचेलले इङ्ग्ल्यान्डको मुख्य प्रशिक्षकका रूपमा लगातार दोस्रो जित प्राप्त गरे।
फिफा वरियताको १ सय ४०औं स्थानमा रहेको लात्भियाविरुद्ध गोलका लागि संघर्ष गर्यो ।
चेल्सीका कप्तान रिस जेम्सले ३८ औं मिनेटमा झन्डै २० यार्डबाट फ्रि-किकमा गोल गरे । जेम्सले सन् २०२२ सेप्टेम्बर पछि पहिलो पटक इङ्ग्ल्यान्डका लागि गोल गरेका हुन् ।
कप्तान ह्यारी केनले डेक्लान राइसको क्रसमा ६८औं मिनेटमा गोल गर्दै अग्रतालाई दोब्बर बनाए । लेनको आफ्नो १ सय ५ अन्तर्राष्ट्रिय खेलमा त्यो ७१औं हो ।
खेल सकिन १४ मिनेट बाँकी रहँदा इबेरेची इजेले आफ्नो पहिलो अन्तर्राष्ट्रिय गोल गरेपछि इङ्ग्ल्यान्डको जित सहज बन्यो।
इङ्ग्ल्यान्ड पुरुष टोलीका लागि पहिलो दुई प्रतिस्पर्धात्मक खेल जित्ने फाबियो कापेलो (सन् २००८) पछि टुचेल पहिलो प्रशिक्षक बनेका छन् ।
समूह केमा इङ्ग्ल्यान्ड ६ अंकसहित शीर्ष स्थानमा छ। अल्बानिया र लात्भियाको समान ३ अंक छ। सर्बिया र एन्डोरा अंकविहिन छन् ।
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]
December 4, 2025
एजेन्सी – प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]