default_image

9 months ago

March 25, 2025

नेपाली फुटबल टोलीले अर्को इतिहास रच्ला?

2380 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय फुटबल टोलीले यस पटकको विदेश यात्रामा एउटा इतिहास रचिसकेको छ।

नेपालले सिंगापुरलाई शुक्रवार अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा १-० हराएको थियो। पुरुष फुटबलमा नेपालले सिंगापुरलाई हराएको र गोल गरेको त्यो पहिलो खेल थियो। जिलेस्पी जंग कार्कीले गरेको अग्रतालाई नेपाली टोली जोगाउन सफल भएको थियो।

मुख्य प्रशिक्षक म्याट रोसले टोली सम्हालेयता त्यो पहिलो खेल थियो। मलेसिया जानुअघिको त्यो जितले नेपाली टोलीलाई पक्कै उत्साहित बनाएको छ। तर, नेपाली टोली नयाँ चुनौतीका लागि तयार हुनुपर्नेछ।

सिंगापुर विरुद्धको जित अब इतिहास भइसकेको छ ।
एएफसी एसियन कप छनोटमा आज मलेसियाको सामना गर्दा नेपालसँग अर्को इतिहास रच्ने मौका छ । नेपालले फुटबलमा मलेसियालाई अहिले सम्म नत हराउन सकेको छ न त गोल गर्न नै ।

७ खेलमा एउटा खेलमा गोलरहित बराबरीमा‌ रोक्नुनै मलेसियाविरुद्ध नेपाली टोलीको सबैभन्दा सफल नतिजा हो। ६ वर्ष अघिको पछिल्लो भेटमा नेपाल २-० ले पराजित भएको छ। आजको खेल जितेको खण्डमा नेपाली फुटबलको लागि यो‌ अर्को एउटा एतिहासिक दिन बन्नेछ।

नेपाल र मलेसियाबीको खेल इब्राहिम सुल्तान स्टेडियममा नेपाली समय अनुसार खेल राति ७:४५ बजे सुरु हुनेछ। खेलको लागि नेपाली टोली तयार रहेको र उत्कृष्ट खेल्ने प्रि म्याच कन्फ्रेन्समा मुख्य प्रशिक्षक रोसले बताएका छन्।

मलेसिया बलियो प्रतिद्वन्द्वी भएपनि जितको लागि नै खेल्ने उनको भनाई थियो। अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेलमा जितबाट सुरुवात गरेका प्रशिक्षक रोसका लागि यो पहिलो आधिकारिक प्रतियोगिता समेत हुनेछ।

मलेसियाका प्रमुख प्रशिक्षक पिटर क्लामोभ्स्कीले नेपालले सिंगापुरलाई हराएको कारण खेल सजिलो नहुने बताएका छन्।

फिफा वरियतामा मलेसिया नेपाल भन्दा ४३ स्थान माथि छ। मलेसिया १ सय ३२ औं स्थानमा र नेपाल १ सय ७५ औं स्थानमा छ।

हेड टु हेड

अहिलेसम्म नेपालले मलेसियासँग ७ पटक खेलेको छ। त्यसमध्ये नेपालले कुनै पनि खेल जितेको छैन। नेपाल मलेसियासँग ६ पटक हारेको छ। एक पटक गोलरहित बराबरीको नतिजा निकालेको छ। नेपालले मलेसिया विरूद्ध अहिलेसम्म गोल समेत गर्न सकेको छैन।
नेपालले ७ खेलमा २३ गोल खाएको छ। त्यसैले गोल गर्ने र पहिलो जित निकाल्ने र इतिहास बदल्ने अवसर नेपाली टोलीलाई रहेको छ।‌

  • १. १९८३, सेप्टेम्बर १९ मलेसिया ७-० ले विजयी (मडेका कप)
  • २. १९८५, मार्च १६ नेपाल र मलेसिया ०-० (विश्व कप छनोट)
  • ३. १९८५, मार्च ३१ मलेसिया ५-० ले विजयी (विश्व कप छनोट)
  • ४. १९८९, मे २३ मलेसिया २-० ले विजयी (विश्व कप छनोट)
  • ५. १९८९, जुन ७ मलेसिया ३-० ले विजयी (विश्व कप छनोट)
  • ६. २००८, अक्टोबर १५ मलेसिया ४-० ले विजयी (अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेल)
  • ७. २०१९, जुन २ मलेसिया २-० ले विजयी (अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेल)

यो पटकको छनोटमा एसियाका २४ टिमलाई ६ समूहमा विभाजित गरिएको छ। नेपाल रहेको समूह ‘एफ’ मा मलेसिया, भियतनाम र लाओससँग रहेको छ। होम एण्ड अवे प्रणालीमा खेलाइने छनोटपछि प्रत्येक समूहको शीर्ष टोली एसियन कपमा छनोट हुनेछ।

मलेसियासँगको यो खेल नेपालको होम म्याच हो। तर दशरथ रङ्गशालासँग अन्तराष्ट्रिय मान्यता नपाएको कारण नेपालले मलेसियामा खेल्न परेको हो।

नेपाली फुटबल टोली

गोलरक्षक– किरण चेम्जोङ, दीप कार्की, अञ्जल श्रेष्ठ

डिफेन्डर – अनन्त तामाङ, विमल पाण्डे, सनिस श्रेष्ठ, रणदीप पौडेल, सुमित श्रेष्ठ, अभिषेक लिम्बु, सुमन श्रेष्ठ

मिडफिल्डर – रोहित चन्द, लाकेन लिम्बु, रोहन कार्की, मणि लामा, भरत खवास, एरिक बिस्ट, मनिष डाँगी, कृतिश रत्न छुन्जु, आयुष घलान

स्ट्राइकर– जिलेस्पी जंग कार्की, अन्जन बिष्ट, सुवास बम ठकुरी, रेजिन सुब्बा

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.