9 months ago
March 25, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले एएफसी एसियन कप छनोटको समूह चरण अन्तर्गत पहिलो खेलमा मलेसियासँग २-० को हार बेहोर्यो ।
मलेसियाको जोहोर बारूस्थित सुल्तान इब्राहिम रंगशालामा नेपाल २-० ले पराजित भएको हो । पहिलो हाफमा १-० को अग्रता लिएको मलेसियाले दोस्रो हाफमा अर्को गोल थपेको थियो । मलेसियाका लागि पहिलो हाफमा हेक्टर हेभल र दोस्रो हाफमा लाभेर कर्बिन-अंगले गोल गरे ।
खेलपछि बोल्दै नेपालका प्रशिक्षक म्याट रसले मलेसिया जितको हकदार रहेको प्रतिक्रिया दिए । ‘मलेसियाले निकै राम्रो खेल्यो । उनीहरुको गती र प्राविधिक क्षमताविरुद्ध हामीले खेल्न सकेनौं । मलेसिया नै जितको हकदार थियो,’ अष्ट्रेलियाका नागरिक रसले भने ।
‘खेल अघि बढ्दै जाँदा हामीले बल राखेका थियौं । केही आधा अवसर पनि पायौं । तर मलेसियाले निकै राम्रो खेल्यो । हामीले यी दुवै खेलबाट धेरै सिकेका छौं । अब जुनमा हुने खेलमा पक्कै सुधार गरेर आउनेछौं’ पहिलो पटक राष्ट्रिय टोली सम्हालिरहेका रसले थपे ।
नेपालले पहिलो गोल डिफ्लेक्सन र दोस्रो गोल फ्रिकिकमा खाएको थियो । रसले सेट पिसमा टोलीले मिहिनेत गर्नुपर्ने बताए । ‘हामीले खेलअघि पनि सेट पिसमा काम गरेका थियौं । आजको अवस्थाबाट पनि हामीले सिक्नुपर्छ । सेट पिसमा हामी अगाडीदेखि नै सचेत हुन र मानसिक रुपमा बलियो हुनु आवश्यक छ,’ रसले अन्त्य गरे ।
समूह एफमा नेपाल र मलेसियासँगै भिएतनाम र लाओस पनि छन् । अर्को खेलमा भिएतनामले लाओसलाई ५-० ले हराउँदै सानदार सुरुवात गरिसकेको छ । हरेक समूहबाट शीर्षस्थानमा रहने टोलीले एसियन कप खेल्नेछ ।
नेपालले गत साता मैत्रीपूर्ण खेलमा सिंगापुरलाई १-० ले हराएको थियो । उक्त खेलमा जिलेस्पीले गोल गरेका थिए ।
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]
December 4, 2025
एजेन्सी – प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]