9 months ago
March 26, 2025
एजेन्सी – अर्जेन्टिना फिफा विश्वकप २०२६ को लागि छनोट भएको छ।
दक्षिण अमेरिकी छनोट अन्तर्गत उरुग्वे र बोलिभियाबीचको खेल गोलरहित बराबरीमा सकिएपछि ब्राजिलसँग खेल्नुअघि नै साविक विजेता अर्जेन्टिनाको विश्व कप यात्रा पक्का भएको हो ।
छनोट निश्चित भइसकेपछिको बुधवार बिहान भएको खेलमा अर्जेन्टिनाले ब्राजिललाई ४-१ ले हरायो ।
घरेलु मैदानमा अर्जेन्टिना एकतर्फी जित दिलाउन जुलियन अल्भारेज, एन्जो फर्नान्डेज, एलेक्स म्याक्स एलेस्टर र जिलियन सिमिवनले गोल गरे । ब्राजिलका लागि म्याथुस चुन्हाले सान्त्वना गोल फर्काए ।
चौथो मिनेटमा अल्भारेजको गोलमा अर्जेन्टिनाले अग्रता लियो । १२औं मिनेटमा नै फर्नान्डेजले गोल गर्दै अग्रता दोब्बर बनाए ।
२६औं मिनेटमा चुन्हाले गोल गर्दै ब्राजिललाई खेलमा फर्काउने कोशिस गरे । ३७ औं मिनेटमा एलेस्टरले तेस्रो गोल गरेपछि पहिलो हाफमा अर्जेन्टिना ३-१ को अग्रता बनायो ।

खेलको ७१औं मिनेटमा सिमिवनको गोलमा अर्जेन्टिनाले ४-१ को सहज जित दर्ता गर्यो । दक्षिण अमेरिकाबाट विश्व कपका लागि छनोट हुने अर्जेन्टिना पहिलो टोली बनेको छ ।
दक्षिण अमेरिकी छनोटका अन्य खेलमा भेनेजुएलाले पेरुलाई १-०ले हरायो । कोलम्बिया र पारग्वेले २-२ , चिली र इक्वेडर तथा बोलिभिया र उरुग्वेले गोलरहित बराबरी खेलेका छन्।
शीर्ष स्थानको अर्जेन्टिनाको १४ खेलमा ३१ अंक पुगेको छ । ब्राजिल १४ खेलमा २१ अंकका साथ चौथो स्थानमा छ ।
इक्वेडर २३ अंकसहित , समान २१ अंकका उरुग्वे तेस्रो , ब्राजिल चौथो, पाराग्वे पाँचौं, २० अंकसहित कोलम्बिया छैंटौं स्थानमा छ।
१० टोलीको सहभागिता रहेको दक्षिण अमेरिकी छनोटबाट शीर्ष ६ राष्ट्र विश्व कपका लागि छनोट हुनेछ । सातौं टोलीले प्ले अफको मौका पाउनेछ।

December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]