9 months ago
March 26, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) को पूर्व अध्यक्ष गणेश थापाविरुद्ध छानविन गरि कारवाहीका लागि विभिन्न निकायमा पत्रचार गर्ने भएको ।
दुई दिन सम्म चलेर मंगलवार सकिएको एन्फाको कार्यसमितिको बैठक सो निर्णय गरेको विज्ञप्तिमार्फत जनाएको छ।
विज्ञप्तिमा भनिएको छ ‘फिफाबाट प्रतिबन्धित पूर्व अध्यक्ष गणेश थापा सम्बन्धि विभिन्न भष्ट्राचार लगायतका फिफाको निर्देशन उल्लङघन र अन्य गतिविधिहरुलाई आवश्यक अनुसन्धान तथा छानविन गरि कारवाहीको लागि फिफा, एएफसी, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपाल प्रहरी तथा संघको न्यायिक निकायहरुमा आवश्यकता अनुसार पत्रचार गर्ने ।’
पूर्व अध्यक्ष थापाले एन्फा कार्यसमितिको त्यसमा पनि मुख्य त अध्यक्ष पंकज विक्रम नेम्वाङ र महासचिव किरण राईको कार्यशैलीको चर्को आलोचना गर्दै आएका छन्।
एन्फाले आफ्नै वरिष्ठ उपाध्यक्ष वीर बहादुर खड्का लगायत अन्य व्यक्ति उपर गम्भीर प्रकृतिका उजुरीलाई सम्बन्धित निकायमा छार्नावन गरि निर्णयका लागि पत्रचार गर्ने निर्णय गरेको जनाएको छ।

एन्फा कार्यसमितिले वार्षिक साधारण सभामा २०८२ वैशाख २६ गते गर्ने निर्णय गरेको छ ।
एन्फा अध्यक्ष नेम्वाङको अध्यक्षतामा बसेको बैठकले सन् २०२५ का लागि वार्षिक कार्यक्रम तथा प्रतियोगिताका लागि १ अर्ब ५६ करोड ३२ लाख ९ हजार ४ सय ५० रुपैयाँको बजेत साधारण सभामा पेश गर्ने निर्णय गरेको छ।
महिला फुटबलको समग्र विकास लागि दिर्घकालिन रुपमा कार्यायोजना बनाई कार्यान्वयन गर्ने निर्णयसहित एन्फाले १५ वटा विभिन्न निर्णय गरेको छ।


December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- वसन्त गौचन फुटबल एकेडेमीले युवा फुटबलरका लागि अर्को महिना ३ दिने ‘फनरुट्स जापान फुटबल क्याम्प’ गर्ने भएको छ । ललितपुरको लगनखेल स्थित बुद्धिविकास मण्डलमा पुस १० देखि १२ गतेसम्म १० देखि १६ वर्षसम्मका खेलाडीहरुलाई लक्षित गरेर फुटबल क्याम्प गर्न लागिएको एकेडेमीले जनाएको छ । नेपालका पूर्व अन्तर्राष्ट्रिय फुटबल खेलाडी वसन्त गौचन र […]
December 11, 2025
एजेन्सी – आर्सनलले च्याम्पियन्स लिगमा शतप्रतिशत जितलाई निरन्तरता दिएको छ। आर्सनलले बुधवार क्लब ब्रुगलाई ३–० ले हराउँदै च्याम्पियन्स लिगमा लगातार छैटौँ जित निकालेको छ। आर्सनलका नोनि माडुकेको प्रदर्शन दमदार रह्यो। उनले २ गोल गरे। २५ औं मिनेटमा झन्डै २५ यार्ड टाढाबाट पहिलो गोल गरेका माडुकेले ४७ औं मिनेटमा हेडमार्फत अर्को गोल थपे । तेस्रो गोल […]
December 11, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले च्याम्पियन्स लिगमा रियल मड्रिडलाई २–१ ले हराउँदै महत्वपूर्ण जित हात पार्यो। खेलमा पहिला रियलले अग्रता लिए पनि सिटीले पहिलो हाफमै खेलमा पुनरागमन गरेको थियो। रियलका रोड्रिगोले २८औँ मिनेटमा गोल गर्दै टोलीलाई १-० ले अघि बढाए। त्यसअघि रियललाई दिइएको पेनाल्टी भने भिएआरले हेरेर खारेज गरिदियो। तर त्यसपछि रियल कमजोर देखियो। ३५ औं […]