default_image

8 months ago

March 26, 2025

फिफाका पूर्व अध्यक्ष ब्लाटरसँगै प्लाटिनीले पाए सफाई

868 views

0 Bookmark

एजेन्सी – फिफाका पूर्व अध्यक्ष सेप ब्लाटर र फ्रान्सेली फुटबलर मिसेल प्लाटिनीले फिफामा भएको ठगी सम्बन्धित भ्रष्टाचारको आरोपमा सफाइ पाएका छन्।

स्विजरल्याण्डको मुटेन्जस्थित एक अपिल अदालतले मंगलबार ब्लाटरले सन् २०११ मा प्लाटिनीलाई गरेको २० लाख स्विस फ्र्याङ्कको भुक्तानीमा कुनै अनियमितता नभएको ठहर गरेको छ। दुबैले लगातार आफू निर्दोष रहेको दाबी गर्दै आएका थिए।

पहिलो पटक २०२२ मा यी दुईजनालाई ठगीको आरोपबाट सफाइ दिइएको थियो । तर स्विजरल्याण्डका संघीय अभियोजनकर्ताहरूले त्यो फैसलाविरुद्ध पुनरावेदन गरेका थिए।

यो मुद्दा २०१५ बाट सुरु भएको हो । जब फिफा ठगी र भ्रष्टाचारको आरोपमा फस्न पुग्यो। यसले जुरिचमा नाटकीय छापामारी पनि भयो । एक फरक अमेरिकी अनुसन्धानबाट त्यो घटना क्रम सुरु भएको थियो।

त्यसलाई फुटबल इतिहासकै सबैभन्दा ठूलो घोटाला मानिएको थियो। त्यो घटनाले ब्लाटरलाई राजीनामा दिन बाध्य पारेको थियो । त्यहि क्रममा प्लाटिनीको फिफाको अध्यक्ष बन्ने आशा पनि समाप्त भएको थियो।

स्विस अभियोजनकर्ताहरूले त्यसपछि ८९ वर्षीय ब्लाटर र ६९ वर्षीय प्लाटिनीलाई फिफालाई ठगेको आरोप लगाउँदै कागजात किर्ते र ठगीको आरोप लगाएका थिए। उनीहरूले सो भुक्तानीको कुनै कानुनी आधार नभएको बताएका थिए।

तर ब्लाटर र प्लाटिनी दुवैले उक्त रकम फिफाका लागि प्लाटिनीले परामर्शदाताको रुपमा गरेको कामको ढिलो गरिएको भुक्तानी भएको दाबी गरेका थिए। प्लाटिनीले यसअघि युरोपेली फुटबल महासंघ (युइएफए) का पूर्व अध्यक्ष हुन् ।

पहिलो मुद्दाको सुनुवाइमा ब्लाटरले १९९८ मा प्लाटिनीलाई आफ्नो सल्लाहकारको रूपमा काम गर्न अनुरोध गरेको बताएका थिए। त्यतिबेला फिफाले प्लाटिनीले माग गरेको वार्षिक १० लाख स्विस फ्र्याङ्क भुक्तानी गर्न नसक्ने भएकाले वार्षिक ३ लाख फ्र्याङ्क भुक्तानी गर्ने सहमति भएको थियो । बाँकी रकम भुक्तानी गर्ने त्यो सर्तमा रहेको बताइएको छ।

स्विजरल्याण्डको संघीय फौजदारी अदालत बेलिन्जोनाले यो तर्क स्वीकार गर्दै भुक्तानी ‘जेन्टलमेनको सम्झौता’ अनुसार भएको निष्कर्ष निकालेको थियो। संघीय अभियोजनकर्ताहरूले पुनः अपील गरेपछि नयाँ सुनुवाइ भएको हो।

फैसलापछि ब्लाटरले भने, ‘अन्ततः अदालतले न्याय दिएको छ। मेरो , परिवार र साथीहरूको लागि यो ठूलो खुसीको कुरा हो। म अहिले अत्यन्तै भावुक छु।’

प्लाटिनीले भने, ‘मेरो पीडा अहिले पूर्ण रूपमा समाप्त भयो। आज मेरो इज्जत फर्किएको छ । अत्यन्तै खुसी छु।’

प्लाटिनीका वकिलले यो फौजदारी कारबाहीको लागि जिम्मेवार व्यक्तिहरूविरुद्ध कानूनी कारबाही गर्ने योजना रहेको बताएका छन्।

प्लाटिनीको खेलजीवन निकै शानदार थियो। उनी तीन पटक बालोन डी’ओर जित्ने खेलाडी हुन्। उनले फ्रान्सलाई १९८४ को युरोपेली च्याम्पियनसिप जिताएका थिए ।

१९८५ मा युभेन्टसबाट युरोपियन कप जितेका थिए। उनी पछि फ्रान्सको राष्ट्रिय टोलीका प्रशिक्षक भए । २००७ देखि २०१५ सम्म उनी युइएफएको अध्यक्ष थिए।

स्विस व्यवसायी एवम् खेल प्रशासक ब्लाटर १९७५ मा फिफामा सामेल भएका थिए। उनी १९८१ मा फिफाका महासचिव र १९९८ मा अध्यक्ष बनेका थिए।

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

विकटेश्वर , एसओएस र एनपिएस विजयी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन‌ आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]

December 4, 2025

आर्सनल विजयी, चेल्सीको‌ हार

एजेन्सी – ‌ प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको‌ छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]

Success

Thank you for your time.