default_image

8 months ago

March 26, 2025

च्यासलको पहिलो जित

363 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- च्यासल युथ क्लबले सहिद स्मारक बी डिभिजन लिगमा पहिलो जित दर्ज गरेको छ।

च्यासलले श्री कुमारी क्लबलाई २-१ गोल अन्तरले हराउँदै महत्वपपूर्ण ३अंक जोड्यो। एन्फा कम्प्लेक्समा आज भएको तेस्रो चरणको पहिलो खेलमा दुवै टोली पहिलो जितको खोजीमा थिए।

पहिलो हाफमा दुवै टिमबाट गोल हुन सकेन। दोस्रो हाफ च्यानलको लागि सुखद रहयो। ५८ औं मिनेटमा अनिश थारूको असिस्टमा अनिल भोम्जनले गोल गरे। यो गोलमा च्यासलले १-० को अग्रता बनायो।

यसपछि ७० औं मिनेटमा कर्नरमा आश्विन घोरासैनीको हेडरले सही दिशा लियो। यो सँगै च्यासलले निर्धारित ९० मिनेटमा २-० को अग्रता बनायो।

इन्ज्युरी समयमा यमन महर्जनले गोल फर्काएपनि च्यासलले श्री कुमारीलाई २-१ गोल अन्ततले माथ दियो।

च्यासलको यो पहिलो जित हो। ३ खेलबाट उसले ४ अंक बनाएको छ। श्री कुमारीको भने यो लगातार तेस्रो हार हो। उसले अंकको खाता खोल्न सकेको छैन।

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

विकटेश्वर , एसओएस र एनपिएस विजयी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन‌ आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]

December 4, 2025

आर्सनल विजयी, चेल्सीको‌ हार

एजेन्सी – ‌ प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको‌ छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]

Success

Thank you for your time.