9 months ago
March 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुर्गेश थापाको चर्चित गीत ‘…….दुश्मन हेरेको हेर्यै ‘ गुन्जिने भएको छ।
नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणको शनिवार हुने उद्घाटनमा आयोजक नेपाल स्पोर्टस एण्ड इभेन्ट्स म्यानेजमेन्टले थापालाई मुख्य पर्फमरको रुपमा प्रस्तुत गर्ने सामाजिक सन्जालमार्फत जानकारी दिएको छ।
पछिल्लो समय देशभर आयोजना हुने महोत्सवमा सर्वाधिक माग हुने पर्फमरमध्ये थापा एक रहेको बताइन्छ।

एनएसएल आयोजकले शनिवार दिउँसो ४:३० बजे बाट सांगीतिक कार्यक्रम सुरु हुने जनाएको छ। त्यसपछि उद्घाटन खेल हुनेछ।
७ टोलीको सहभागिता रहेको एनएसएलको उद्घाटन खेल दुई विजेता ललितपुर सिटी एफसी र काठमाडौं रजर्सबीच हुनेछ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]