9 months ago
March 27, 2025
सुमन अधिकारी, बुटवल
चर्च ब्याइज युनाइटेड रुपन्देहीमा जारी २३ औं तिलोत्तमा गोल्ड कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।
दोस्रो सेमिफाइनल बिहीवार १० खेलाडीमा सिमित मच्छिन्द्र एफसीलाई ४-१ ले पराजित गर्दै चर्च ब्वाइज उपाधि नजिक पुगेको हो।
देविनगरस्थित एन्फा टेक्निकल खेल मैदानमा भएको खेलको पाँचौं मिनेटमा मच्छिन्द्र १० खेलाडीमा सिमित भएको थियो ।
मच्छिन्द्रका रोशन दोङले चर्च ब्वाइजका अरमान बिउडोनलाई फाउल गरेपछि रेफ्रिले रातो कार्ड दिएका थिए । वन भर्सेज वनमा डिबक्स नजिक गोलका लागि अगाडी बढेका अरमानलाई रोशनले पछाडिबाट ट्याकल गरेर लडाएका हुन् ।
३६ औं मिनेटमा चर्च ब्वाइज लागि अरमानले गरे । अरमानले ४२ औ मिनेटमा पेनाल्टीमा गोल गर्दै अग्रता दोब्बर पारे। मछिन्द्रका कतान करिमा ओेमिलाजा नुरिनले आफूलाई फाउल हानेपछि पाएको पेनाल्टीमा अरमानले गोल गरेका हुन्।
४४ औं मिनेटमा अरमानले गोल गर्दै ह्याट्रिक पूरा गरे । कप्तान फकुने अबयोमीले ६५ औं मिनेटमा गोल गर्दै चर्च ब्याइजको अन्तरलाई ४-० बनाए ।
मच्छिन्द्रले दोस्रो हाफमा दुई मिनेटको फरकमा पाएको २ वटा पेनाल्टी सदुपयोग गर्न सकेन । फोडा फोफानालाई चर्च ब्वाइजका अजित चौधरीलाई डिबक्स भित्र लडाएपछि पाएको पेनाल्टी चर्चका गोलकिपर विवश चौधरीले रोके । लक्ष्मण रुचालले प्रहार गरेको दोस्रो पेनाल्टी प बारमा लागेर फर्कियो।

खेलको ८९ औं मिनेटमा वन भर्सेज वनमा मच्छिन्द्रका एलेक्स विलियमले गोल गरे । चर्च ब्याइजका फकुने अबयोमी प्लेयर अफ दी म्याचबाट घोषित भए र उनले ११ हजार १ सय ११ रुपैयाँ प्राप्त गरे।
चर्च ब्वाइजले शनिवार एपिएफसँग फाइनल खेल्नेछ।
एपिएफले पहिलो सेमिफाइनलमा संकटा क्लबलाई १-० ले हराएको थियो।
रुपन्देही जिल्ला फुटबल संघको आयोजना र बुटवल उपमहानगरपालिकाको संरक्षक रहेको प्रतियोगितालाई यशोदा फुड्स प्रालि र त्रिमुर्ति ईण्डस्ट्रिज प्रालिको मुख्य प्रायोजन गरेको छ ।
प्रदेश खेलकुद परिषद लुम्बिनी मुख्य प्रतियोगिताको मुख्य सहयोगी रहेको छ। प्रतियोगिताको विजेता टोलीले ट्रफीसहित १२ लाख १२ हजार २ सय २२ रुपैयाँ र दोस्रो टोलीले ६ लाख ६६ हजार६ सय, ६६ रुपैंयाँ प्राप्त गर्नेछ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]