default_image

8 months ago

March 28, 2025

ललितपुर सिटीको पासवर्ड बाईमा एनसेल

307 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- ललितपुर सिटी एफसीलाई एनसेलले ‘पावर्ड बाई’ प्रायोजकको रुपमा साथ दिएको छ ।

एनसेल र ललितपुरबीच बिहीवार सम्झौता भएको छ । साविक विजेता ललितपुरले एनसेल नेपाल सुपर लिग (एनएसएल)को तेस्रो संस्करणको‌ उद्घाटन खेलमा शनिवार पूर्व विजेता काठमाडौं रेजर्सको सामना गर्नेछ।

‘एनएसएलसँगको सहकार्य र ललितपुर सिटी एफसीसँगको सम्झौताले एनसेल देशमा खेलकुद तथा युवा प्रतिभाको विकासमा सधैं प्रतिवद्ध रहेको स्पष्ट पार्दछ । सबैमा उत्साह जगाउँदै सबैले मन पराउने फुटबल खेलमा आबद्ध हुन पाएकोमा खुसी छौं,’एनसेलका चिफ कमसिर्यल अफिसर उमेर मोहसिनले भने ।

एनसेल एनएसएलको तेस्रो संस्करणको‌ मुख्य प्रायोजक पनि हो। एनएसएलमा यसपटक ७ टोलीबीच प्रतिस्पर्धा हुनेछ।

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

December 7, 2025

बार्सिलोनाको जितमा टोरेसको ह्याट्रिक

एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]

December 7, 2025

मेस्सीसम्मिलित इन्टर मियामीलाई एमएलएस कप

एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्‍यो। मियामीका गोलरक्षक रोको रिओस […]

Success

Thank you for your time.