8 months ago
March 28, 2025
काठमाडौं (हाम्रो खेलकुद) – सहीद स्मारक बी डिभिजन लिगअन्तर्गत झापा फुटबल क्लबसँग ब्वाइज युनियन क्लब बराबरीमा रोकिएको छ ।
ब्वाइज युनियनको यो लगातार तेस्रो बराबरी नतिजा हो । यता झापाले भने तेस्रो खेलमा आएर अंकको खाता खोलेको छ।
ललितपुरस्थित एन्फा कम्प्लेक्समा भएको खेलको ४५औं मिनेटमा झापाले अग्रता बनायो । प्रदीप बुढाथोकीको पासमा निकेश श्रेष्ठले गोल गरे । निकेशले पेनाल्टी क्षेत्रको ठिक भित्रबाट गरेको प्रहार गोल भएको थियो ।
तर यो अग्रता तुरून्तै तोडियो । पहिलो हाफमा इन्जुरी समयमा ब्वाइज युनियनले बराबरी गोल फर्कायो । सञ्जीव लामाले करिब २५ यार्ड टाढाबाट हानेको शक्तिशाली प्रहार गोलमा परिणत भयो ।
दोस्रो हाफमा दुवै टिमबाट थप गोल हुन सकेन । खेल १-१ गोलको बराबरीमा सकिएसँगै दुवै टिमले १-१ अंक बाँडे ।
ब्वाइज युनियनको यो लगातार तेस्रो बराबरी हो । तीन खेलबाट ३ अंक जोडेर टोली आठौं स्थानमा छ । लगातारको दोस्रो हारपछि झापाको यो पहिलो बराबरी हो । झापा १ अंकका साथ १२ औं स्थानमा छ ।
आज हुने दोस्रो खेलमा ब्रिगेड ब्वाइज र बाँसबारी क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
December 7, 2025
एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्यो। मियामीका गोलरक्षक रोको रिओस […]
December 6, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल गरेका थिए। ६५ […]
December 6, 2025
एजेन्सी – एस्टन भिल्लाले शनिवार प्रिमियर लिगको शीर्ष टोली आर्सनललाई २-१ ले हराएको छ। भिल्लाको उपाधि दौड थप रोचक भएको छ। एमिलियानो बुएन्दिया खेलको नायक बने । खेल १-१ को बराबरीमा गएको थियो। तर इन्जुरी समयको अन्तिम क्षणमा बुएन्दियाले गरेको उत्कृष्ट गोलले भिल्लालाई जित दिलायो। त्यसअघि ३६औँ मिनेटमा म्याट्टी क्यासले एस्टन भिल्लाका लागि पहिलो गोल […]