9 months ago
March 29, 2025
बुटवल (हाम्रो खेलकुद)- रुपन्देहीमा प्रीति प्रथम उप मेयर कप नकआउट फुटबल प्रतियोगिता २०८१ हुने भएको छ ।
बिस पचहत्तर युवा परिवारको आयोजना चैत २३ गते सुरु हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको बताइएको छ।
एसियन थाई फुट प्रालिको (प्रीति) मुख्य प्रायोजक तथा बुटवल उपहानगरपालिकाको संरक्षकत्वमा हुने प्रतियोगितामा नेपाल र भारतको १ सहित ८ टोलीको सहभागिता रहने छ ।
सिद्धेश्वरी लालकुमारी माविको खेलमैदानमा दर्शकका लागि ३ हजार अट्ने अस्थाई प्यारापिट निमार्ण गरिने आयोजक क्लबका अध्यछ सुरेन्द्र थापाले बताए ।
राष्ट्रिय महिला टोलीला खेलाडीले विभिन्न क्लबबाट खेल्ने थापाले जानकारी दिए।
अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रिय उपाध्यक्ष दीर्घ बहादुर केसी (कुमार) ले फुटबलको उर्वरभुमीका रुपमा पहिचान बनाएको रुपन्देहीमा पछिल्लो समय महिला फुटबलको आर्कषण रहेको बताए ।
चैत ३० गते सम्म चल्ने प्रतियोगितामा आयोजक , सुनवल नगरपालिका, वीरगंज युथ एकेडेमी, वसन्त युनाइटेड क्लब चितवन, हेटौडा फुटबल एकेडेमी, राइजिङ स्टार युवा क्लब कपिलबस्तु, वालिङ, भारतको एमएससीले प्रतिस्पर्धा गर्नेछन् ।
१५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ प्रतियोगिताको विजेता टोलीले ट्रफीसहित १ लाख र दोस्रो हुने टोलीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २५ र विधागत उत्कृष्ट खेलाडीले १० हजार रुपैयाँ प्राप्त गर्नेछन्।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]