default_image

8 months ago

March 29, 2025

ललितपुरलाई पहिलो हाफमै २ गोलको अग्रता

697 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको एनसेल नेपाल सुपर लिग (एनएसएल) को उद्घाटन खेलमा साविक विजेता ललितपुर सिटी एफसीले पहिलो हाफमै काठमाडौं रेजर्सविरुद्ध २ गोलको अग्रता लिएको छ ।

पहिलो हाफमा ललितपुरले २-० को अग्रता बनाएको छ । दशरथ रंगशालामा ललितपुरले सुरूवातमा नै अग्रता बनायो । खेलको पाँचौ मिनेटमा ललितपुरका विदेशी खेलाडी जोनाथन कान्टीलानाले काठमाडौंका दुई डिफेन्डरलाई कर्नर फ्लयाग नजिकैबाट हानेको प्रहार गोल नजिकै रहेका काठमाडौंका कमल श्रेष्ठलाई लागेर गोलमा परिणत भयो ।

खेलमा पकड बनाउन सफल ललितपुरले १५ औं मिनेटमा अग्रता दोब्बर पार्यो । इमोह इजिकियलले हानेको प्रहारलाई काठमाडौंका गोलरक्षक अभिषेक बरालले ब्लक गरे । फर्केको बललाई इमोहले नै कलेट गर्दै दिएको पासमा आदित्य शाक्यको लेफ्ट फुटेड सटले सही दीशा लियो ।

एकपक्षीय बनेको खेलको २५ औं मिनेटमा गोलकिपर अभिषेक बरालसँगको वान भर्सेज वानमा इमोह इजिकियलले हानेको कडा प्रहार पोस्टमा लागेर फर्कियो ।

दुई गोलले पछि परेको काठमाडौंले २८ औं मिनेटमा गोल फर्काउने मौकामा गोल किपर जेफ्री बाल्टस बाधक बने । भीन्सेन्ट कोजिएलोको कर्नरमा मोहम्मद बुया टुरेको डाइभिङ हेडरलाई गोलरक्षकले रोके ।

एनएसएलमा यसअघि काठमाडौं र ललितपुरबीच चार पटक प्रतिस्पर्धा भएको छ । जहाँ ३ पटक काठमाडौं र १ पटक ललितपुरले खेल जितेको छ ।

तेस्रो संस्करणमा सात टोली ललितपुर सिटी एफसी, काठमाडौं रेजर्स एफसी, पोखरा थन्डर्स एफसी, बुटवल लुम्बिनी एफसी, धनगढी एफसी, झापा एफसी, र चितवन एफसीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

विकटेश्वर , एसओएस र एनपिएस विजयी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन‌ आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]

December 4, 2025

आर्सनल विजयी, चेल्सीको‌ हार

एजेन्सी – ‌ प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको‌ छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]

Success

Thank you for your time.