9 years ago
February 27, 2017
लन्डन (एजेन्सी)– ज्लाटान इब्राहिमोभिचले निर्णायकसहित दुई गोल गरेपछि साउथह्याम्प्टनलाई ३–२ ले हराउँदै म्यानचेस्टर युनाइटेडले लिग कपको उपाधि जितेको छ । २–० को अग्रतालाई जोगान नसक्दा युनाइटेडले जितका लागि जितका लागि संघर्ष गर्नु परेको थियो ।

निर्धारित समय सकिन ३ मिनेट बाँकी रहँदा एन्डेर हेरेराको क्रसमा इब्राहिमोभिचले हेड गोल गरेपछि जोसे माउरिन्होको नेतृत्वमा युनाइटेडले सिजनको पहिलो उपाधि जितेको थियो । १९ औं मिनेटमा इब्राहिमोभिचले फ्रिकिकमार्फत गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए ।
उत्कृष्ट तालमेलको प्रदर्शन गर्दै युनाइटेडका लागि जेसी लिङगार्डले ३८ औं मिनेटमा गोल गरेका थिए । पहिलो हाफको अन्त्य र दोस्रो हाफको सुरुआतमा मिनालो गाबिन्डिनीले दुई गोल गरेपछि युनाइटेड दबाबमा परेको थियो ।
पहिलो हाफको इन्जुरी समयको पहिलो मिनेटमा पहिलो गोल गरेका गाबिन्डिनीले ४८ औं मिनेटमा बराबरी गोल गरेका थिए । तर, खेलको अन्त्यतिर इब्राहिमोभिच टोलीका लागि पुनः नायक सावित भए र उनले निर्णायक गोल गरे ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]