9 months ago
March 29, 2025
काठमाडौं (हाम्रो खेलकुद) – एनसेल नेपाल सुपर लिग (एनएसएल) मा साविक विजेता ललितपुर सिटी एफसीलाई काठमाडौं रेजर्सले २-२ गोलको बराबरीमा रोकेको छ।
पहिलो हाफमा ललितपुरले २-० को अग्रता बनायो। दोस्रो हाफमा उत्कृष्ट कमब्याक गर्दै काठमान्डौ ललितपुरलाई बराबरीमा रोक्न सफल भएको हो।
दशरथ रंगशालामा ललितपुरले सुरूवातमा नै अग्रता बनायो । खेलको पाँचौ मिनेटमा ललितपुरका विदेशी खेलाडी जोनाथन कान्टीलानाले काठमाडौंका दुई डिफेन्डरलाई कर्नर फ्लयाग नजिकैबाट हानेको प्रहार गोल नजिकै रहेका काठमाडौंका कमल श्रेष्ठलाई लागेर गोलमा परिणत भयो ।
खेलमा पकड बनाउन सफल ललितपुरले १५ औं मिनेटमा अग्रता दोब्बर पार्यो । इमोह इजिकियलले हानेको प्रहारलाई काठमाडौंका गोलरक्षक अभिषेक बरालले ब्लक गरे । फर्केको बललाई इमोहले नै कलेट गर्दै दिएको पासमा आदित्य शाक्यको लेफ्ट फुटेड सटले सही दीशा लियो ।
एकपक्षीय बनेको खेलको २५ औं मिनेटमा गोलकिपर अभिषेक बरालसँगको वान भर्सेज वानमा इमोह इजिकियलले हानेको कडा प्रहार पोस्टमा लागेर फर्कियो ।
दुई गोलले पछि परेको काठमाडौंले २८ औं मिनेटमा गोल फर्काउने मौकामा गोल किपर जेफ्री बाल्टस बाधक बने । भीन्सेन्ट कोजिएलोको कर्नरमा मोहम्मद बुया टुरेको डाइभिङ हेडरलाई गोलरक्षकले रोके । पहिलो हाफ २-० को नतिजामा सकियो।
ललितपुरले ६२ औं मिनेटमा उत्कृष्ट मौका गुमायो। योगेश गुरूङको पासमा पापा बाउ केबेको पावरफुल लेफ्ट फुटेट सटलाई गोल रक्षक जेफ्री बाल्टसले आकर्षक बचावट गरे।
खेलमा फर्कन आतुर काठमाडौंले ६४ औं मिनेटमा कमल श्रेष्ठको क्रसमा जिलेश्पी जङ्ग कार्कीले सेकेन्ड बारमा हानेको हेडर थोरैले बाहिरियो।
खेलको ७५ औं मिनेटमा भने काठमाडौंले एक गोल फर्कायो। जिलेश्पी जङ्ग कार्कीको कट ब्याकमा अमान्डो डियोपले बक्स भित्रबाट हानेको कडा प्रहार आकर्षक गोलमा परिणत भयो। काठमाडौले खेललाई २-१ मा पुर्यायो।
८४ औं मिनेटमा खेललाई बराबरीमा पुर्याउने सुनौलो मौका काठमाडौंले गुमायो। जिलेश्पी जङ्ग कार्कीले बक्सभित्रबाट हानेको प्रहार क्रसबार माथीबाट बाहिरियो। निर्धारित नब्बे मिनेटको खरल २-१ को नगिजामा सकियो।
तर इन्ज्युरी समयमा ललितपुरका योगेश गुरूङले बक्सभित्र भिन्सेन्टलाई फाउल हानेपछि रेफ्रीले काठमाडौंलाई पेनाल्टीको अवसर प्रदान गरे।
इन्जुरी समयको पाँचौ मिनेटमा भिन्सेन्टले पेनाल्टीमा कुनै गल्ती गरेनन्। यो सँगै काठमाडौंले नाटकीय शैलीमा खेललाई २-२ को बराबरीमा पुर्यायो।
योसँगै ललितपुरले २-० को अग्रता जिगाउन नसक्दा बराबरीमा चिक्त बझायो। दुवै टिमले १/१ अंक बाँडे।
एनएसएलको पाँच भिडन्तमा ललितपुर र काठमाडौंबीच बराबरी नतिजा पहिलो पटक निक्लेको हो। यसअघि ३ पटक काठमाडौंले र १ पटक ललितपुरले खेल जितेको छ।
भोलि बुटवल लुम्बिनी एफसी र झाफा एफसीबीच खेल हुनेछ। खेल साँझ ६ बजे हुनेछ।
तेस्रो संस्करणमा सात टोली ललितपुर सिटी एफसी, काठमाडौं रेजर्स एफसी, पोखरा थन्डर्स एफसी, बुटवल लुम्बिनी एफसी, धनगढी एफसी, झापा एफसी, र चितवन एफसीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]