default_image

9 months ago

March 30, 2025

पिएसजी लिग वानको उपाधि नजिक

312 views

0 Bookmark

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले शनिवार सेनिट इटिएनलाई पुनरागमनका साथ ६-१ ले पराजित गरेपनि फ्रेन्च लिग १ उपाधिको पक्का गर्न अझै प्रतीक्षा गर्नु पर्ने भएको छ।

अर्को खेलमा मार्सेई राइम्ससँग ३-१ ले पराजित भयो ।
मोनाको निसलाई २-१ ले हराएपछि पिएसजीले उपाधिका‌ लागि कुर्नुपर्ने भएको हो ।

७ खेल बाँकी रहँदा दोस्रो स्थानमा उक्लेको  मोनाको पिएसजीभन्दा २१ अंकले पछाडि छ । सिजनको उपाधि जित्न पिएसजीलाई कम्तीमा अर्को हप्ता कुर्न बाध्य बनायो ।

मार्से तेस्रो स्थानमा झरेको छ । पिएसजीले शनिबार एन्जर्सविरुद्ध अंक जोडे लिगको उपाधि पक्का गर्नेछ ।

किलियन एम्बाप्पे रियल म्याड्रिड गएपछि लुइस एनरिकेले पिएसजीलाई एक बलियो युवा टोलीको रुपमा निर्माण गरेका छन् ।

सेन्ट इटिएनले खेलको नवौं मिनेटमा लुकास स्टासिनको हेडर गोलमार्फत अग्रता लियो । तर पहिलो हाफको अन्त्यतिर फ्लोरियन टारडियुले पेनाल्टी बक्समा गोन्कालो रामोसलाई लडाएपछि पिएसजीले पेनाल्टी पायो। रामोसले सहजै गोल गर्दै खेललाई बराबरीमा ल्याए।

पिएसजीले दोस्रो हाफको सुरुवातमै खेल आफ्नो नियन्त्रणमा लियो। ख्विचा क्वारात्स्खेलियाले एकल प्रयासमा उत्कृष्ट गोल गर्दै पिएसजीलाई अग्रता दिलाए ।

त्यसपछि डिजाइर डोएले २ गोल गरे भने जोआओ नेभेसले एक गोल थपे। अर्को गोल अन्तिम मिनेटमा इब्राहिम म्बायेले ब्राडली बारकोलाको क्रसबाट गोल गरे। पिएसजीको त्यो छैटौं गोल रह्यो।

२७ खेलमा पिएसजीको ७१ अंक छ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.