default_image

9 months ago

March 30, 2025

प्यालेस र फरेस्ट एफए कपको सेमिफाइनलमा

725 views

0 Bookmark

एजेन्सी – क्रिस्टल प्यालेस र नटिङ्घम फरेस्ट शनिवार एफए कपको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

एबेरेची इजेको एक गोल र एक असिस्टको मद्दतमा प्यालेसले फुलहमलाई ३-० ले हरायो ।

अर्को खेलमा गोलकिपर माट्ज सेल्स फरेस्टका लागि नायक बने। जसले उनले ४-३ को पेनाल्टी सुटआउट जित्न दुई बचाउ गरे। ब्राइटनसँगको खेल ०-० को बराबरीमा सकिएपछि टाइब्रेकर भएको थियो ।

क्वाटरफाइनलमा आज दोस्रो डिभिजनको प्रेस्टनले एस्टन भिल्लासँग र म्यानचेस्टर सिटीले बोर्नमथसँग प्रतिस्पर्धा गर्नेछ।

इजेको प्रभाव

फुलहममाथिको जितसँगै प्यालेसले लगातार छैटौं अवे जित दर्ता गर्दै क्लबको कीर्तिमान कायम गरेको छ।
प्यालेसले अहिलेसम्म एफए कप जित्न सकेको छैन।

सन् २०२२ मा चेल्सीसँग सेमिफाइनलमा पराजित भएको थियो । त्यसपछि सेमिफाइनल यस पटक पुगेको छ।

लण्डन क्लब प्यालेस १९९० र २०१६ मा फाइनलसम्म पुगेको थियो । दुवै पटक म्यानचेस्टर युनाइटेडसँग पराजित भएको थियो।

यो वर्ष, इंग्ल्यान्डका ठूला क्लबहरु प्रतियोगिताबाट बाहिरिएका कारण प्यालेसका लागि ट्रफी जित्ने राम्रो अवसर हुन सक्छ।

इजेले जित दिलाउने प्रदर्शन गरे । उनले सोमबार लाट्भियाविरुद्ध विश्व कप छनोटमा इंग्ल्यान्डको जितमा गोल गरेका थिए ।

इजेले खेलको ३४ औं मिनेटमा गोल गर्दै अग्रता दिलाए।
३८ औं मिनेटमा उनले इस्माइला सारका लागि क्रस दिए, जसले हेडमा दोस्रो गोल गरे।

७५ औं मिनेटमा एडी न्केटियाहले फुलहमका गोलकिपर बेर्न्ड लेनोको खुट्टाबीचबाट बल जालीमा पठाउँदै प्यालेसको जित निश्चित गरे।

गोलकिपर सेल्स नायक

प्रिमियर लिगको तेस्रो स्थानमा रहेको र अर्को सिजनको च्याम्पियन्स लिगमा छनोट हुने क्रममा रहेको नटिङ्घम फरेस्टले सिजनलाई ट्रफीसँगै अन्त्य गर्ने सम्भावना बढाएको छ।

ब्राइटनविरुद्ध फरेस्टले धेरै अवसर सिर्जना गर्न सकेन ।पेनाल्टी सुटआउटमा गोलकिपर सेल्सले लगातार दुई बचाउ गर्ने क्रममा ज्याक हिन्सेलवुड र डिएगो गोमेजको प्रहार रोके।

नेको विलियम्सले फरेस्टका लागि पेनाल्टी मिस गरे, तर कप्तान रायन येट्सले अन्तिम किकमा गोल गर्दै आफ्नो टोलीलाई जित दिलाए।

फरेस्टले सन् १९५९ पछि एफए कप जितेको छैन। अन्तिम पटक १९९१ मा फाइनल खेलेको थियो।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.