default_image

9 months ago

March 30, 2025

टुसाल र आरसिटीको जित

336 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक बी डिभिजन लिगमा आइतबार रानी पोखरी कर्नर टिम (आरसिटी) र टुसाल युथ क्लबले पहिलो जित दर्ता गरेका छन् ।

यसअघि लिगको पुछारमा रहेको आरसीटीसँग नयाँवस्ती युथ क्लब २-१ ले पराजित भयो । त्यस्तै टुसालले शत प्रतिशत नतिजा ल्याएको सरस्वती युथ क्लबलाई१-० ले हरायो ।

एन्फा कम्प्लेक्समा आज भएको दोस्रो खेलमा आरसिटीले १० औं मिनेटमा प्रज्वल गुरुङले गोल गरे । उनले टाइट एङ्गलबाट गरेको प्रहार गोल भएको थियो । तर यो अग्रता २१ औं मिनेटमा तोडियो । नयाँवस्तीका पूर्ण बहादुर गुरूङले करिब २० यार्ड टाढाबाट हानेको प्रहार सीधै गोलमा परिणत भयो। यो सँगै पहिलो हाफ १-१ को बराबरीमा सकियो ।

आरसीटीले दोस्रो हाफमा पुन: अग्रता बनायो । निखिल तामाङले ६४ औं मिनेटमा डिफेेन्डरलाई बिट गर्दै गरेको बलले सही दिशा लियो । यही गोल निर्णायक बन्दा आरसीटीले २-१ को जित दर्ता गर्यो ।

लगातारको दुई हारपछि आरसीटीको यो पहिलो जित हो। उसले ३ खेलबाट ३ अंक बनाएको छ। ३ खेल नै खेलेको नयाँवस्तीसँग भने १ अंक रहेको छ ।

त्यसअघि एन्फा कम्प्लेक्समा भएको पहिलो खेलमा टुसालले लयमा रहेको सरस्वतीलाई हरायो । खेलको पहिलो मिनेटमा नै कमल विश्वकर्माले गोल गरे । अफसाइड ट्रयाप बिट गर्दै उनले गोलरक्षकलाई छलाएर सहजै गोल गरे ।

लिगमा लगातार दुई जितका साथ राम्रो सुरुवात गरेको सरस्वती दोस्रो हाफमा पनि खेलमा फर्कन सकेन । टुसालले पनि थप गोल प्रहार गर्न नसक्दा कमलको गोल नै निर्णायक बन्यो ।

१-० को जितमा टुसालले पहिलो जितकासाथ ३ अंक प्राप्त गर्यो। यसअघिको दुई खेलमा टुसालले बराबरी नतिजा निकालेको थियो । ३ खेलबाट टुसालले ५ अंक बनाएको छ । यसअघि लगातार दुई खेल जितेर पहिलो हार बेहोरेको सरस्वतीसँग ६ अंक रहेको छ ।

तेस्रो चरणको समाप्कतिमा अंक तालिका:

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.