9 years ago
February 27, 2017
भिल्लारियल (एजेन्सी)– भिल्लारियलसँग २–० को पछि रहेको अवस्था उल्टाउँदै गए राती ३–२ को जित हासिल गरेपछि रियल मड्रिड पुनः ला लिगा अंक तालिकाको शीर्षस्थानमा उक्लेको छ । त्यसअघि लियोन मेस्सीको निर्णायक गोलमा एट्लेटिको मड्रिडलाई २–१ ले हराएपछि रियललाई पछि पारेको बार्सिलोना पछिल्लो नतिजा पछि फेरी १ अंकले पछि परेको छ ।

दोस्रो हाफमा ट्रिगुइरोज मुनोज र बाकाम्बुको गोलमा घरेलु टोली भ्यालेन्सियाले २ गोलको अग्रता लिएको थियो । खेलको ५० औँ मिनेटमा मुनोजको गोलमा अग्रता लिएको भिल्लारियलका लागि ६ मिनेट पछि बाकाम्बुले गोल गरेका थिए ।
निकै नै रोमाञ्चक दोस्रो हाफमा ग्यारेथ बेलले हेड मार्फत गोल गर्दै रियललाई खेलमा फर्काएका ६४ औं मिनेटमा रियल २–१ ले पछाडि थियो । बेलले गोल गरेको १० मिनेट पछि भिल्लारियलका ब्रुनोले पेनाल्टी बक्समा बल ह्यान्ड गरे ।
त्यसमा प्राप्त पेनाल्टीलाई क्रिस्टियानो रोनाल्डोले गोलमा परिणत गर्दा खेलमा २–२ को बराबरी भएको थियो । खेल सकिन ७ मिनेट बाँकी रहादा अल्भारो मोराटाले गरेको गोल खेलको निर्णायक बन्यो र रियल विजयी बन्यो । रियल ५५ अंक सहित शीर्षस्थानमा रहेको छ भने १ खेल बढी खेलेको बार्सिलोनाको रियलको भन्दा १ अंक कम छ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]