default_image

9 months ago

March 30, 2025

१० खेलाडीमा‌ सिमित बुटवलसँग झापा रोकियो

970 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- एनसेल एनएसएलमा झापा एफसी १० खेलाडी समेटिएको बुटवल लुम्बिनीबीसँग गोल रहित बराबरीमा रोकिएको छ।

पहिलो हाफमा झापाले एकपक्षीय दबाब बनायो। बुटवलका गोल रक्षक दीप कार्कीको प्रभावशाली प्रदर्शनमा‌ झापाले गोल गर्न सकेन।

दोस्रो हाफमा दुवै टिमले फितलो प्रदर्शन गर्दा खेल गोलरहित बराबरीमा सकिएको हो। अन्तिम २० मिनेट बुटवल १० खेलाडी समेटिए पनि यसको फाइदा झापाले उठाउन सकेन।

दशरथ रंगशालामा भएको खेलको पहिलो हाफमा झापाले पूर्ण रूपमा पकड बनायो। गोल गर्ने उत्कृष्ट मुभहरु बुन्यो। तर‌ करिब आधा दर्जन मौकालाई सदुपयोग गर्न सकेन । आठौं मिनेटमा अल्हाजी जेरोले बक्सभित्रबाट हानेको पावरफुल सटलाई बुटवलका गोलरक्षकले बचाए।

१३ औं मिनेटमा फेरि दीप नै बाधक बने। इसाएभ मुखाम्मदले बक्सको एजबाट हानेको आकर्षक प्रहारलाई दीपले सानदार शैलीमा रोके।

२२ औं मिनेटमा पनि झापा चुक्यो। आर्सिक लाजरको प्रहारलाई फेरि दीपले बचाए। यही बलबाट पाएको कर्नरमा अजामद अब्दुलेभको उत्कृष्ट हेडरलाई दीपले पन्च गरेर बचाए। ३७ औं मिनेटमा रितीक खड्काको कडा प्रहार थोरैले पोष्ट माथीबाट बाहिरियो।

बुटवलले भने ३८ औं मिनेटमा पहिलो पटक गतिलो पोष्ट चार्ज गर्यो। फिलिपा अड्जाहले बक्सको एजबाट हानेको राइट फुटेट सटलाई झापाका गोल रक्षक नेमान्जा लेमाजिकले बचाए। पहिलो हाफ गोलरहित बराबरीमा सकियो।

पहिलो हाफमा उत्कृष्ट प्रदर्शन गरेको झापाले दोस्रो हाफमा सो लयलाई निरन्तरता दिन सकेन । बुटवलले पनि फितलो प्रदर्शन गर्यो। दुवै टिमले दोस्रो हाफमा पोष्ट चार्ज समेत गर्न सकेनन्।

७० औं मिनेटमा भने बुटवल १० जनामा समेटियो। कप्तान एरिक बिष्टले झापाका इसाएभ मुखाम्मदलाई‌ फाउल हाने। रेफ्रीले दोहोरो पहेंलो कार्ड दिएसँगै एरिक बाहिरिए।

कप्तानको जिम्मेवारी त्यसपछि मनिष डाँगीले सम्हाले। अब एरिकले धनगढी एफसीसँगको खेल पनि गुमाउनेछन्। १ खेलाडी कम हुँदाको फाइदा झापाले उठाउन सकेन।दुवैले समान १ अंक बाँडे।

भोलि एफसी चितवन र पोखरा थन्डर्सबीच खेल हुनेछ। एनएसएलको जारी तेस्रो संस्करणमा ७ टोलीको सहभागिता छ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.