9 months ago
March 31, 2025
एजेन्सी – एस्टन भिल्ला एफए कपको सेमिफाइनलमा पुगेको छ। क्वाटरफाइनलमा आइतवार प्रिस्टनलाई ३-० ले हराउँदै भिल्ला अन्तिम चारमा पुगेको हो।
मार्कस रासफोर्डले आफ्नो नयाँ टोली एस्टन भिल्लालाई २०१५ पछि पहिलो पटक एफए कप सेमिफाइनल पुर्याउन निर्णायक भूमिका खेले।
फेब्रुअरी २ मा म्यानचेस्टर युनाइटेडबाट ऋण सम्झौतामा भिल्लामा पुगेका रासफोर्डले यहाँ आफ्नो करिअर पुनः जागृत गरेका छन्। उनले हालैको विश्वकप छनोटमा अल्बानिया र लाट्भियाविरुद्ध इंग्ल्यान्ड टोलीमा पुनरागमन गरेका छन्।
रासफोर्डले ५८औं मिनेटमा लुकास डिन्येको क्रसमा गोल गर्दै गोलको खाता खोले। ६३औं मिनेटमा मोर्गन रोजर्सलाई फाउल गरेपछि पाएको पेनाल्टी उनले सफलतापूर्वक गोलमा परिणत गरे।
७१औं मिनेटमा ज्याकोब राम्जीले अर्को गोल थप्दै भिल्लालाई सहज जित दिलाए।
सन् १९९६ मा इंग्लिस लिग कप जितेपछि कुनै ठूलो उपाधि नजितेको भिल्लाले सात पटक एफए कप जितेको छ। तर अन्तिम पटक १९५७ मा जितेको थियो। २०१५ को एफए कप फाइनलमा आर्सनलसँग ४-० ले पराजित भएको थियो।
प्रिस्टन क्वाटरफाइनलसम्म पुग्ने एक मात्र गैर-प्रिमियर लिग टोली थियो । टोली १९६५-६६ को सिजनपछि पहिलो पटक एफए कपको अन्तिम आठमा पुगेको थियो।

सिटी एफए कपको सेमिफाइनलमा
म्यानचेस्टर सिटी एफएकपको सेमिफाइनल पुगेको छ। आइतवार पुनरागमनका साथ बोर्नमाउथलाई २-१ ले हराउँदै म्यानचेस्टर सिटी अन्तिम चारमा पुगेको छ।
एर्लिङ हालान्डको प्रेरणादायी प्रदर्शनले टोलीलाई पुनरागमन जित दिलाए पनि उनी चोटका कारण मैदानबाट बाहिरिनुपर्यो।
इभानिल्सनले २१ मिनेटमा गोल गर्दै बोर्नमाउथलाई अग्रता दिलाए । पहिलो हाफमा पेनाल्टीमा गोल गर्न चुकेका हालान्डले ४९औं मिनेटमा बराबरी गोल गरे । तर १२ मिनेटपछि बायाँ खुट्टाको घुँडाको चोटका कारण उने मैदान छोडे।
हालान्डको ठाउँ लिएका ओमार मारमौशले मैदान प्रवेश गरेको दुई मिनेटमै निर्णायक गोल गर्दै सिटीलाई लगातार सातौं पटक एफए कपको सेमिफाइनलमा पुर्याए।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]