9 months ago
March 31, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एनसेल नेपाल सुपर लिग (एनएसएल) मा एफसी चितवन र पोखरा थन्डर्सबीचको खेल जारी छ। पहिलो हाफको समाप्तिमा चितवनले १-० को अग्रता बनाएको छ।
दशरथ रंगशालामा जारी खेलमा आज दुवै टिमले प्लेइङइ इलेभेनमा समान ५ विदेशी खेलाडीलाई खेलायो। जहाँ खेलको १४ औं मिनेटमा नै चितवनले अग्रता बनायो।
भिक्टर मानसारेले कट ब्याक गर्दै दिएको पासमा शिशिर लेखीले छोडिदिएको बलमा नोडिर माभलोनोभको राइट फुटेट सट उत्कृष्ट गोलमा परिणत भयो। चितवनले १-० को अग्रता बनायो।
३१ औं मिनेटमा चितवनका शिशिरको पावरफुल सटलाई पोखराका गिल्याम प्रिसोले पञ्च गर्दै बचाए। चितवनले अग्रता दिगुना गर्ने मौका गुमायो। यता पोखराले पहिलो हाफमा पोष्ट चार्ज समेत गर्न सकेन।
खेल १८ मिनेट ढिलो सुरु भएको थियो। खेल सुरु हुन अगाडि नै पोखराले चितवनका विदेशी खेलाडीको श्रम स्वीकृतिको कागजात माग गरेको थियो।
आज सार्वजनिक विदा भएको कारण सम्पूर्ण प्रक्रिया पुरा गरे पनि कागजात नआएको तर युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषदको पत्र पनि आयोजकलाई बुझाएको भनाई चितवनको छ। तर पोखराले सक्कल कागजात खोज्दा विवाद भएको हो।
चितवन एनएसएलमा नै तेस्रो जितको खोजीमा छ। चितवनले पहिलो सिजनमा एउटा खेल पनि जितेन। दोस्रो सिजनमा भने दुई खेल जितेको थियो।
पोखरा र चितवनबीच यो तेस्रो पटक प्रतिस्पर्धा भएको हो। यसअघि दुवै खेल पोखराले जितेको थियो।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]