8 months ago
March 31, 2025
दिपक बोहोरा, पाँचथर
अर्को साता सुरु हुने छैटौं रवि गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन आयोजक र युके एफसी कर्साङबीच हुने भएको छ ।
आयोजक राइजिङ स्टार क्लब रविले चैत २५ गते सुरु हुने प्रतियोगिताको सोमवार सामाजिक सञ्जालमार्फत खेलतालिका सार्वजनिक गरेको हो ।
दुर्गा माविको खेल मैदानमा हुने प्रतियोगिताको दोस्रो खेल चैत २६ भाङवारी स्पोर्टिङ युथ क्लब दमक र मोरङको पथरी बीच हुने छ ।
चैत २७ गते लाइटगेट फुटबल क्लब काठमाण्डौंले पाँचथरको आठ कर्ण फुटबल क्लबको सामना गर्नेछ ।
चैत २८ गते सिरहाको सलहेश युथ क्लबले राइजिङ स्टार स्पोर्टिङ क्लब दार्जिलिङसँग खेल्नेछ ।
चैत २९ र ३० गते सेमिफाइनल तथा बैशाख १ गते फाइनल हुनेछ । हरेक खेलको प्लेयर अफ दी म्याचले ५ हजार रुपैयाँ पाउनेछन् ।
८ टोलीले प्रतिस्पर्धा गर्ने प्रतियोगिता ५ वर्षपछि आयोजना हुन लागेको हो। २०७६ मा कोभिडको कारणले छैटौं संस्करण रोकिएको थियो । प्रतियोगिताको विजेताले ५ लाख र दोस्रो हुने टोलीले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ ।
प्रतियोगिताका सर्वोत्कृष्ट , उदीयमान , सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर र प्रशिक्षकले पनि पुरस्कार प्राप्त गर्नेछन्। प्रतियोगिताको मुख्य प्रबद्धक मिक्लाजुङ गाउँपालिका रहेको छ ।
December 10, 2025
एजेन्सी – च्याम्पियन्स लिगमा मंगलवार बार्सिलोना, बायर्न म्युनिख, लिभरपुल, एट्लेटिको म्याड्रिड विजयी भएका छन्। चेल्सी, इन्टर मिलान पराजित भएको छ। बायर्नले स्पोर्टिङ सिपीलाई ३-१ ले हरायो। सुरुवाती अग्रता स्पोर्टिङले लियो। ५४औँ मिनेटमा जोशुआ किमिचको आत्मघाती गोलबाट स्पोर्टिङले अग्रता बनाएको हो। तर त्यसपछि बायर्नले दबाब बढाउँदै खेल आफ्नो पक्षमा पार्यो । ६५औँ मिनेटमा सर्ज ग्नाब्रीले नजिकैबाट […]
December 9, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]