default_image

9 months ago

March 31, 2025

रवि गोल्ड कप – आयोजक र कर्साङबीच उद्घाटन खेल हुने

1410 views

0 Bookmark

दिपक बोहोरा, पाँचथर

अर्को साता सुरु हुने छैटौं रवि गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन आयोजक र युके एफसी कर्साङबीच हुने भएको छ ।

आयोजक राइजिङ स्टार क्लब रविले चैत २५ गते सुरु हुने प्रतियोगिताको सोमवार सामाजिक सञ्जालमार्फत खेलतालिका सार्वजनिक गरेको हो ।

दुर्गा माविको खेल मैदानमा हुने प्रतियोगिताको दोस्रो खेल चैत २६ भाङवारी स्पोर्टिङ युथ क्लब दमक र मोरङको पथरी बीच हुने छ ।

चैत २७ गते लाइटगेट फुटबल क्लब काठमाण्डौंले पाँचथरको आठ कर्ण फुटबल क्लबको सामना गर्नेछ ।
चैत २८ गते सिरहाको सलहेश युथ क्लबले राइजिङ स्टार स्पोर्टिङ क्लब दार्जिलिङसँग खेल्नेछ ।

चैत २९ र ३० गते सेमिफाइनल तथा बैशाख १ गते फाइनल हुनेछ । हरेक खेलको प्लेयर अफ दी म्याचले ५ हजार रुपैयाँ पाउनेछन् ।

८ टोलीले प्रतिस्पर्धा गर्ने प्रतियोगिता ५ वर्षपछि आयोजना हुन लागेको हो। २०७६ मा कोभिडको कारणले छैटौं संस्करण रोकिएको थियो । प्रतियोगिताको विजेताले ५ लाख र दोस्रो हुने टोलीले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ ।

प्रतियोगिताका सर्वोत्कृष्ट , उदीयमान , सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर र प्रशिक्षकले पनि पुरस्कार प्राप्त गर्नेछन्। प्रतियोगिताको मुख्य प्रबद्धक मिक्लाजुङ गाउँपालिका रहेको छ ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.