default_image

9 months ago

March 31, 2025

चितवनले पोखरालाई हरायो

806 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- तेस्रो एनसेल एनएसएलमा एफसी चितवनले पोखरा थन्डर्सलाई २-० गोल अन्तरले हराएको छ।

नोडिर माभलोनोभ र निरज चौधरीले गोल गरे। जारी सिजनमा जित निकाल्ने चितवन पहिलो टोली बन्यो। यसअघि भएका २ खेल बराबरीमा सकिएको थियो।

दशरथ रंगशालामा आज भएको खेलको १४ औं मिनेटमा नै चितवनले अग्रता बनायो। भिक्टर मानसारेले कट ब्याक गर्दै दिएको पासमा शिशिर लेखीले छोडिदिएको बलमा नोडिर माभलोनोभको राइट फुटेट सट उत्कृष्ट गोलमा परिणत भयो। चितवनले १-० को अग्रता बनायो।

३१ औं मिनेटमा चितवनका शिशिरको पावरफुल सटलाई पोखराका गिल्याम प्रिसोले पञ्च गर्दै बचाए। चितवनले अग्रता दुगुना गर्ने मौका गुमायो। यता पोखराले पहिलो हाफमा पोष्ट चार्ज समेत गर्न सकेन। पहिलो हाफमा चितवनले १-० को अग्रता बनायो।

४९ औं मिनेटमा चितवनले अर्को मौका गुमायो। टोरिक जेब्रिनको कर्नरमा भिक्टर मानसारेको हेडर थोरैले बाहिरियो।
खेलको ५३ औं मिनेटमा पोखराका जो ऐडोले करिब ३५ यार्ड टाढाबाट हानेको पावरपुल प्रहार क्रसबार भन्दा केहि इन्च माथिबाट बाहिरियो। यो नै पोखराको पहिलो दमदार मुभ थियो। ५७ औं मिनेटमा समिर तामाङको क्रसमा स्टेफन बिनोङको हेडर चुक्यो। पोखराले बराबरी गोल गर्ने उत्कृष्ट मौका गुमायो।

खेलमा दबाब बनाएको चितवनले ६० औं मिनेटमा अर्को मौका खेर फाल्यो। छिरिङ गुरूङले दिएको पासमा अनमार्क रहेका भिक्टरको प्रहार सिधै पोखराका गोल रक्षक प्रिसोको हातमा पुग्यो।

खेल सकिन दुई मिनेट बाकी छँदा जोनाथन क्यम्पबेलको क्रसमा भिक्टरले ६ यार्डबाट बललाई सही दिशा दिन सकेनन्।

आधा दर्जन भन्दा बढी मौका गुमाएको चितवनले इन्ज्युरी समयमा दोस्रो गोल गर्यो। काउन्टर अट्याकमा भिक्टरको थ्रु पासमा सब्स्टिच्युट निरज चौधरीले गोल गरे। यो सँगै चितवनले २-० को जित हात पार्यो। चितवनले महत्वपुर्ण ३ अंक जोड्यो।

चितवनले एनएसएलमा नै दर्ज गरेको यो तेस्रो जित हो। उसले पहिलो सिजनमा जित निकाल्न सकेको थिएन। दोस्रो सिजनमा भने दुई खेल जितेको थियो। साथै चितवनले पोखरालाई हराएको पनि यो पहिलो पटक हो। यसअघि पहिलो र दोस्रो सिजनमा पोखराले चितवनलाई हराएको थियो।

खेल १८ मिनेट ढिलो सुरू भएको थियो। खेल सुरू हुन अगाडि नै पोखराले चितवनका विदेशी खेलाडीको श्रम स्वीकृतिको कागजात माग गरेको थियो।

आज सार्वजनिक बिदा भएको कारण सम्पुर्ण प्रक्रिया पुरा गरे पनि कागजात नआएको तर युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषदको पत्र पनि आयोजकलाई बुझाएको भनाई चितवनको छ। तर पोखराले सक्कल कागजात खोज्दा विवाद भएको हो।

भोलि बुटवल लुम्बिनी र धनगढी एफसीबीच खेल हुनेछ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.