default_image

4 weeks ago

March 31, 2025

एनएसएल : दशरथ रंगशालामा आज के भयो?

1847 views

0 Bookmark

सरिता श्रेष्ठ, काठमाडौं

एनसेल नेपाल सुपर लिग (एनएसएल ) तेस्रो सिजनको आज तेस्रो दिन । पोखरा थन्डर्स र एफसी चितवन बीचको खेलको लागि ग्राउन्ड रिपोर्टिङ समयमा नै दुवै टोली दशरथ रंगशाला पुगे । दुवै टोलीले वार्मअप पनि गरे । खेल तालिका अनुसार साँझ ६ बजे खेल किकअफ हुने समय हो । यसको लागि सामान्यतया ७-८ मिनेटअघि दुवै टोलीका खेलाडी मैदान प्रवेश गर्नुपर्ने हो । तर आज त्यसो भएन ।

खेल हेर्न पुगेका दर्शक, ब्रोडकास्ट टिम, टेक्निकल टिम लगायत खेल सञ्चालनमा हुनुपर्ने सबै प्राविधिक पक्ष तयारी अवस्थामा थिए। तर खेल्ने टोली मैदान प्रवेश गर्न तयार थिएन । चितवनका खेलाडी लाइनअप गर्न टनेलमा थिए तर पोखराका खेलाडी त्यहाँ गएनन्।

पोखराले चितवनका विदेशी खेलाडीको श्रम स्वीकृती माग गरेको थियो । यही कारण दुवै टोलीको व्यवस्थापनबीच चर्काचर्की समेत परेको थियो । विवाद लामै चल्यो । अन्तत: निर्धारित समयभन्दा १८ मिनेट ढिला गरी खेल सुरु भयो । चितवनका ५ विदेशी खेलाडी स्टार्टिङ लाइनअपमा नै थिए । उनीहरूको श्रम स्वीकृतिको कागजात आइसकेको थिएन ।

पोखराका खेलाडी टनेलमा नआएको अवस्थामा चितवनका कप्तान अन्जन विष्ट लगायत खेलाडी कुर्दै गरेको अवस्था ।

यही विषयलाई मुद्दा बनाएको पोखराले पनि श्रम स्वीकृति नभएका विदेशी खेलाडी स्टेफन बिनोङलाई दोस्रो हाफमा मैदानमा उतार्यो । बिनोङले सुरुवातमा वार्म अप पनि गरेका थिएनन् । उनी अन्य खेलाडीले वार्मअप गर्दा दर्शकदीर्घामा नै थिए । अधिकारिक लाइनअप सूचीमा उनको नाम वैकल्पिक खेलाडीमा भने थियो । पहिलो हाफमा १-० ले पछि परेको पोखराले उनलाई दोस्रो हाफमा मैदानमा छिरायो । उनले दोस्रो हाफ पुरै खेले । तर खेल चितवनले २-० ले जित्यो ।

चितवनले श्रम स्वीकृतिको सबै प्रक्रिया गरेको, पैसा पनि तिरेको र आज बिहान कागजात आउने निश्चित भएको बतायो । तर इदको कारण नेपाल सरकारबाट आइतवार साँझ सोमवारको दिन सार्वजनिक बिदा दिने घोषणा भएपछि कागजात नआएको चितवनले जानकारी दियो । युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषदबाट भने पत्र ल्याएको र आयोजकलाई बुझाएको चितवनको भनाई छ ।

साथै यस विषयमा आयोजक नेपाल स्पोर्टस एण्ड इभेन्ट म्यानेजमेन्टका प्रबन्ध निर्देशक श्रेयान्स कार्कीलाई यो विषयमा जानकारी गराएको र उनले हुन्छ भनेको तर्क चितवनले राखेको छ ।

यता पोखराले भने चितवनले श्रम‌ स्वीकृती नभएका ५ विदेशी खेलाडीलाई खेलाएपछि आफुहरूले पनि बिनोङलाई उतारेको प्रशिक्षक सुमन श्रेष्ठले बताए । उनले प्रोटेस्टको नियम नभएको भन्ने खबरपछि बिनोङलाई खेलाएको बताए । तर प्रतियोगिताको नियमवालीमा भने प्रोटस्ट गर्न पाउने स्पष्ट रुपमा उल्लेख गरिएको छ ।

नियमावलीलाई आधार मान्ने हो भने श्रम स्वीकृति अनिवार्य छ । तर आज दशरथ रंगशालामा ६ विदेशी खेलाडी श्रम स्वीकृति बिना खेले । त्यसो त विदेशी खेलाडीको कागजी प्रक्रियालाई लिएर विवाद भएको यो पहिलो घटना होइन । यसअघि ए डिभिजन लिगका दौरान थ्री स्टार क्लबले भिसा अवधि सकिएका खेलाडी खेलाएको भन्दै एपिएफ फुटबल क्लबले दायर गरेको प्रोटेस्ट अझै अनिर्णित नै छ ।

एनएसएलको यो घटनाले आयोजक आफैंले तयार पारेको नियमावलीको धज्जी मात्र उडेन, लिगको स्तरमाथी नै प्रश्न खडा भएको छ । यो प्रश्न पोखराका प्रशिक्षक सुमन श्रेष्ठ र चितवनका प्रशिक्षक नविन न्यौपाने दुवैले उठाए ।

खेल सुरु हुन ढिलाइ भएपनि खेलको प्रत्यक्ष प्रसारण गर्दै आएको हिमालयन टिभीमा कुनै जानकारी थिएन । ६ बजे किकअफ हुनुपर्ने खेलका लागि सामान्यतया ७-८ मिनेटअघि प्रसारण सुरु हुने भएपनि ६ बजेर १० मिनेटसम्म पनि टिभीमा विज्ञापन नै बजीरह्यो । मैदानको अवस्थाबारे प्रसारणमा कुनै जानकारी आएन ।

प्रसारण सुरु भएको केही समयपछि मात्र खेलाडी मैदान छिरे । तर यसबीचमा कमेन्टेटरले खेलको अवस्थाबारे कुनै जानकारी दिएनन् । आयोजक वा टिमको कमजोरीबारे खेल अवधिभर कुनै चर्चा नै भएन । यसले एनएसएलको आयोजक समितिको प्रभाव प्रत्यक्ष प्रसारणमा रहेको प्रश्न पनि उठेको छ ।

नियम नै फुटबलको मुख्य आधार हो । तेस्रो खेलमा नियम तोडिएको छ, त्यो पनि दुवै टोलीबाट । अब एनएसएलको नियमअनुसार जाने हो भने दुवै टोलीलाई कारवाही हुन सक्छ । तर जुन हिसाबमा सोमवार निर्णय भयो, पुन: एकपटक एनएसएलले आफ्नो नियम तोड्ने सम्भावना प्रबल छ । तर यसको जवाफ आयोजकले दिनुपर्छ । प्राविधिक रूपमा जोडिएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले पनि यस विषयलाई गम्भीर रुपमा लिनुपर्छ ।

खेलपछि बोल्दै पोखरा थन्डर्सका प्रशिक्षक सुमन श्रेष्ठ:

खेलपछि बोल्दै एफसी चितवन प्रशिक्षक नविन न्यौपाने :

April 25, 2025

एनएसएल फाइनल – ललितपुरलाई पोखराको चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- साविक विजेता ललितपुर सिटी एफसी र पोखरा थन्डर्स एफसीबिच नेपाल सुपर लिग (एनएसएल) को‌ तेस्रो संस्करणको उपाधिका लागि शनिवार प्रतिस्पर्धा गर्नेछन्। दशरथ रंगशालामा हुने फाइनलको अघिल्लो दिन शुक्रवार प्रि म्याच कन्फरेन्समा दुवै टोलीले उपाधि जित्ने दाबी गरे। ललितपुर दोस्रो र पोखरा पहिलो पटक फाइनल खेल्ने तयारीमा छ । दुई टोली फरक यात्राबाट […]

April 25, 2025

एपिएफ लुम्बिनी कप च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लब लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ । नेपालगन्ज रंगशालामा नेपाल पुलिस क्लबलाई शुक्रवार १-० ले पराजित एपिएफ विजयी भएको हो। इन्ज्युरी समयमा गीता रानाले गरेको हेड गोलमा एपिएफलाई विजयी बन्यो । गीता प्लेयर अफ द फाइनल घोषित भइन् । विजेता एपिएफले ५ लाख ५ हजार […]

April 25, 2025

एनएसएलको विजेतालाई ८० लाख

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणको विजेताले ८० लाख रुपैयाँ पाउने भएको छ। आयोजक नेपाल स्पोर्ट्स एण्ड इन्भेट मेनेजमेन्टले फाइनलको अघिल्लो दिन पत्रकार सम्मेलनमार्फत विजेताले पुरस्कार राशी घोषणा गरेको हो। दोस्रो हुने टोलीले ३० लाख रुपैयाँ प्राप्त गर्नेछ। विजेता र उपविजेता दुवै टोलीले पाउने रकममा गत वर्षको तुलनामा १० लाख रुपैयाँ […]

Success

Thank you for your time.